fbpx

साबिकको विजेता लिभरपुलको ६–० गोलको फराकिलो जित

विराटनगर,
प्रि–सिजनको पहिलो मैत्रीपूर्ण खेलमा लिभरपुलले फराकिलो जित निकालेको छ । शुक्रबार भएको खेलमा लिभरपुलले ट्रान्मेरे रोभर्समाथि ६–० गोल अन्तरको जित निकालेको हो ।

इंग्लिस प्रिमियर लिगको तयारीमा रहेको लिभरपुललाई जित दिलाउन रिहान ब्रेस्टरले २ गोल गरेभने नाथानियल क्लेने, कुर्टिस जोन्स, डाइभक ओरिजी र बब्बी डन्क्यानले समान एक–एक गोल गरे । लिभरपुलले खेलको छैटौं मिनेटमा नाथानियलको गोलमार्फत् अग्र्रता बनाएको थियो ।

यस्तै खेलको ३८औं मिनेटमा र ४५औं मिनेटमा बेस्टरले गोल गरेपछि लिभरपुलले पहिलो हाफमा ३–० को अग्रता बनाएको थियो । यस्तै खेलको ५३औं मिनेटमा जोन्सले, ६०औं मिनेटमाओरिजीले र ६७औं मिनेटमा डन्क्यानले गोल गरेपछि लिभरपुलले ६–० गोल अन्तरको फराकिलो जित निकलेको हो ।

प्रिमियर लिगको साबिकको उपविजेता रहेको लिभरपुलले दोस्रो डिभिजनको क्लब रोभर्सविरुद्ध दोस्रो रोजाइका खेलाडीलाई मैदानमा उतारेको थियो ।

Loading...