fbpx

कोपालाई ‘भ्रष्ट’ भनेका मेस्सीमाथि सहकर्मी अर्थरको यस्तो व्यङ्ग्य

एजेन्सी,
ब्राजिलमा हालै सम्पन्न ४६औं संस्करणको कोपा अमेरिका कपअन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा रातो कार्ड खानुपरेपछि अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले ‘कडा’ अभिव्यक्ति दिएका थिए । रेफ्रीप्रति आक्रोशित हुँदै मेस्सीले कोपा अमेरिका कपविरुद्ध दिएको सोही अभिव्यक्ति अहिले चर्चामा छ ।

कोपा अमेरिकाअन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा रातो कार्ड खाँदै मैदान बाहिरिएपछि मेस्सीले कोपा अमेरिकालाई भ्रष्ट भएको आरोप लगाएका थिए । खेल जितेपछि उनले पत्रकारसँगको संक्षिप्त कुराकानीमा दक्षिण अमेरिकी फुटबल महासंघ भ्रष्ट भएको र ब्राजिलले कोपा अमेरिका जित्न सेटिङ मिलाएको भन्दै कडा अभिव्यक्ति दिएका थिए ।

यति मात्र नभएर मेस्सीले अर्जेन्टिनाले जितेको तेस्रो स्थानको मेडल लिनसमेत अस्वीकार गरेका थिए । यसपछि मेस्सीले दिएको विवादास्पद अभिव्यक्ति र उनको उक्त व्यवहारमाथि अहिले विभिन्न टीका–टिप्पणी भइरहेका छन् ।

केहीले यस विषयमा सहमति जनाएका छन् भने केहीले उनको अभिव्यक्तिको आलोचना गरिरहेका छन् । यस्तैमा मेस्सीले कप्तानी गरिरहेकै क्लब बार्सिलोनाकै खेलाडी अर्थर मेलोले भने उनका सहकर्मी मेस्सीमाथि व्यङ्ग्य प्रहार गरेका छन् ।

ब्राजिललाई कोपा जिताएका अर्थरलाई खेलपछि केही पत्रकारहरुले मेस्सीको प्रतिक्रियाबारे सोधेका थिए । जसमा अर्थरले मेस्सीको धारणा निजी भएको तर हारेपछि अर्जेन्टिनाका खेलाडीरूलाई जति भ्रष्टाचारको कुरा गर्न अरुलाई नआउने भन्दै पेचिलो जवाफ दिएका छन् ।

उनले भनेका छन्, ‘भ्रष्टाचारबारे मेस्सीको शब्द ? यो उनको निजी धारणा हो, म यसलाई सम्मान गर्छु । म सम्मान गर्छु तर (हाँस्दै) हारेपछि भ्रष्टाचारका कुरा गर्न अर्जेन्टिनाका खेलाडीबाहेक अरु कसलाई पो आउँछ र ?’

मेस्सी र अर्थर बार्सिलोनाका टिममेट हुन् । यी दुवै खेलाडीले अबका केही दिनमा क्याप नोउमा भेट गर्नेछन् । बार्सिलोनाले अब चाँडै नै प्रि–सिजनको अभ्यास सुरु गर्दैछ ।

प्रतिक्रिया

4 + eight =

Loading...