fbpx

बार्सिलोनाले भित्र्यायो १६ वर्षीय इंग्लिस स्ट्राइकर

एजेन्सी,
स्पेनिस क्लब बार्सिलोनाले १६ वर्षीय इंग्लिस स्ट्राइकर लुइस बेरीलाई क्लबमा भित्र्याएको छ । बार्सिलोनाले इंग्ल्याण्डका यु–१६ स्ट्राइकर लुइसलाई तीन वर्षका लागि क्लबमा भित्र्याएको बीबीसीले जनाएको छ ।

बार्सिलोनाले पीएसजी, बायर्न म्यूनिख र युभेन्टसलाई पछि पार्दै उनलाई क्लबमा अनुबन्ध गरेको हो । उनी ६ बर्षको उमेरदेखि नै इंग्लिस क्लब वेस्ट ब्रोममा खेलिरहेका थिए । अब लुइसका लागि बार्सिलोनाले २ लाख ३५ हजार पाउण्ड तिर्नेछ ।

गत नोभेम्बरमा सम्पन्न भाले–डी– मार्ने प्रतियोगितामा इंग्ल्याण्डलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका निभाएका थिए । सो प्रतियोगितामा तीन गोल गर्दै उनले गोल्डेन बुट जितेका थिए ।

Loading...