fbpx

तीन वडाध्यक्षको रोहबरमा कुटिएका यादवको मृत्यु

विराटनगर,
बिहेको विवादमा तीन जना वडा अध्यक्षको रोहबरमा कुटिएका एक व्यतिmको मृत्यु भएको छ । छोराको विवाहको विषयमा विराटनगरका तीन जना वडा अध्यक्षहरूको उपस्थितिमा कुटिएका समानन्द यादवको मृत्यु भएको हो । कुटपिट पछि उपचारका लागि अस्पताल भर्ना भएका उनको तीनसाता पछि बिहीबार मृत्यु भएको हो ।

विराटनगर–१४ जतुवाका समानन्द यादव गत जेठ ३२ वडा विराटनगर १४ अध्यक्ष बलदेव यादवको घरमा कुटिएका थिए । कुटपिटपछि गम्भिर घाइते भएका उनको कोशी अस्पतालमा बिहीबार राति मृत्यु भएको हो ।

विराटनगर–१४ का वडाध्यक्ष यादवको घरमा भेला भएका स्थानीयबासीको समूहले समानन्दलाई निर्घात कुटपिट गर्दा १४ का अध्यक्ष यादवसहित विराटनगर १८ का वडा अध्यक्ष संजय साह र जहदा गाउ“पालिका–१ का वडा अध्यक्ष प्रदीप यादव प्रत्यक्षदर्शी थिए । कुटपिट गर्ने समूहलाई तीन अध्यक्षले नै कुटपिट गर्न निर्देशन दिएका थिए ।

कुटपिट गर्नेविरुद्ध छोरा मुकेशले प्रहरी कार्यालयमा उजुरी दिएका थिए । तर, प्रहरीले उनीहरुलाई पक्राउ गरेको छैन । कुटिएका व्यक्तिको ज्यान गएपछि तीनवडा अध्यक्षलाई हत्या आरोपी बनेका छन् ।

राजनीतिक पहु“च भएका वडा अध्यक्षहरूलाई कारवाहीको दायरामा प्रहरीले ल्याएको छैन । मुकेशको विवाहका लागि उनका बुबाले युवती हेरेका थिए । तर, छोराले विवाह गर्न नमानेपछि वडा अध्यक्षहरूको रोहबरमा निर्घात कुटपिट भएको थियो । घटनामा संलग्नलाई पक्राउ गर्ने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया

5 + 9 =

Loading...