सिंघिया खोला बस्तीमा पस्यो
विराटनगर,
विराटनगर हाटखोला दक्षिणको सुकुम्बासी बस्तीमा सिंघिया खोलाको बाढी पसेको छ । बाढी पसेपछि राति नै स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ ।
स्थानीय अशोक कामतका अनुसार बस्ती पानी पसेपछि एकसय मानिसलाई सुरक्षित स्थानमा सारिएको बताए । घरबाट उद्दार गरिएकालाई त्रिपाल टागेर राखिएको छ । बाढीका कारण संघिया खोला किनारका बस्तीहरूमा पानी पसेको छ । बाढीको जोखिम बढेपछि बिहिवार नै विराटनगर २ कामत टोलका स्थानीय सुरक्षित स्थानमा सरेको सुभाष कामतले जानकारी दिए ।