fbpx

विश्वकप क्रिकेट : इंग्ल्याण्डसंग अष्ट्रेलिया ८ विकेटले पराजित

काठमाडौं ।
विश्वकप क्रिकेटको फाइनलमा इग्ल्याण्ड र न्युजल्याण्डबीच उपाधिको लागि प्रतिश्पर्धा हुने भएको छ । बिहिबार सम्पन्न दोश्रो सेमिफाइनल खेलमा अष्ट्रेलियालाई पराजित गर्दै इंग्ल्यान्ड विश्वकपको फाइनल प्रवेश गरेको हो ।

२२४ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले अष्ट्रेलियामाथि आठ विकेटले जित हासिल गर्याे । इंल्याण्डको जितकालािग बेस्ट्रोले सर्वाधिक ८१ रन बनाए । खेलमा टस जितेर व्याटिङ रोजेको अष्ट्रेलियाले २२३ रन बनाउदै अल आउट भएको थियो । यसैगरी जितकालागि जो रुटले ४९ रन जोडे भने इयो मोर्गनले ४५ रन बनाए । जोनी बेयरस्टोले ३४ रनको योगदान गरे ।

बर्मिङ्घममा भएको खेलमा इतिहास रच्न सफल घरेलु टोली २७ वर्षपछि फाइनलसम्मको यात्रा तय गर्न सफल भएको छ । ३२.१ ओभरमा लक्ष्य पुरा गर्दै इंल्याण्ड फाइनल सम्म पुगेको हो ।

Loading...