fbpx

बिपीका उपकुलपति आठलाख घुस सहित पक्राउ

विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर राजकुमार रौनियार र डाक्टर रामहरी रौनियारलाई ८ लाख रुपैयाँ घुस सहित रंगेहात पक्राउ गरेको छ ।

उपकुलपति रौनियार र डाक्टर रामहरी रौनियारले प्रतिष्ठानको भवन निर्माणको ठेक्कामा कमिशन वापत सेवाग्राहीसँग घुस लिदै गर्दा पक्राउ परेका हुन् ।

ठेक्का बापत घुस मागिरहेको भन्ने सुचना आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रिय कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई रंगेहात पक्राउ गरेको अख्तियारका प्रवक्ता प्रदिपकुमार कोइरालाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

टोलीले प्राध्यापक डाक्टर राजकुमार रौनियार र डाक्टर रामहरी रौनियारलाई सेवाग्राहीसँग आठ लाख रुपैयाँ घुसबापतको रकम लिइसकेपछि नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई  घुस रकम सहित कार्यालय परिसरमा रहेको उपकुलपतिको निवास, धरानबाट रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको कोइरालाले बताए ।

प्रतिक्रिया

Loading...