birat ribon

काँग्रेस दिनमा विपी र रातमा विप्लव हो ? – सरकारका प्रवक्ता

Neuro
काँग्रेस दिनमा विपी र रातमा विप्लव हो ? – सरकारका प्रवक्ता

काठमाडौं ।
सर्लाही घटनालाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद् अवरोध गरिरहेका सन्दर्भमा प्रतिपक्षी काँग्रेसको हिंसाबारे दृष्टिकोणबारे स्पष्ट हुन सरकारले आग्रह गरेको छ ।

cura insider

सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटले हिंसालाई प्रोत्साहन गर्ने गरी काँग्रेसको गतिविधिले गम्भीर प्रश्नचिह्न खडा गरेको उल्लेख गर्दै यसबारे जवाफ माग गरेका छन् । मन्त्रिपरिषद्को हालै भएको निर्णय सार्वजनिक गर्न आज सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटले हिंसाले घेराबन्दी गरे कोही पनि बाँकी नरहने भन्दै यस्तो बताए ।

प्रतिपक्षी दलबाट सर्लाही घटनाका सम्बन्धमा संसदीय छानबिन समितिको मागका बारेमा मन्त्री बाँस्कोटाले सोही विषयलाई लिएर संसद् अवरुद्ध पहिलो र अन्तिम घटना नभएको भन्दै सबै घटनामा समिति बनाउन सम्भव नभएको बताए । उनले विगतका पनि हेर्नुपर्ने भन्दै हरेक घटनामा समिति बनाउँदै दुर्घटनामा पनि समिति बनाउन नसकिने बताए ।

प्रतिपक्षी काँग्रेसका प्रवक्ताले हालै सरकारले मृत्युको व्यापार ग¥यो भनेर दिएको अभिव्यक्ति सम्बन्धमा सञ्चारकर्मीको जिज्ञासामा सञ्चारमन्त्री बाँस्कोटाले मृत्युको व्यापार नभई जीवनको निरन्तरता खोजिरहेको बताए । उनले व्यक्तिको बाँच्न पाउने मानवअधिकार हुने बताए ।

प्रतिपक्षी दलको शान्ति र लोकतन्त्रमाथि दृष्टिदोष रहेको आरोप लगाउँदै सञ्चारमन्त्री बाँस्कोटाले ‘काँग्रेस दिनमा बिपी र रातमा विप्लव’ भन्ने प्रश्न समेत गरे । “मान्छे मार्न पाइन्न, जबर्जस्ती हत्या, हिंसा र आतङ्क कसैलाई पनि स्वीकार्य हुँदैन, हामीले प्रतिपक्षी काँग्रेसलाई हिंसाका बारेमा सिकाउने र यसबारे ‘कन्भिन्स’ गर्नुपर्ने भयो भने काँग्रेसका चार तारामध्ये शान्ति र लोकतन्त्र वा स्वतन्त्रताको तारो कहाँ गए खोज्नुपर्छ, त्यसैले हिंसा सत्तापक्ष र प्रतिपक्ष भन्ने हुँदैन यो सर्वत्र घृणा र भत्र्सनायोग्य हुन्छ”, उनले भने ।

मन्त्री बाँस्कोटाले तरकारी र फलफूलको विषादी परीक्षणबारे चाहिनेभन्दा बढी प्रचार भइरहेको बताउँदै यसैका नाममा अनुचित दवाव कसैलाई पनि स्वीकार्य नहुने बताए ।

jackson ribon