fbpx

सिंघिया खोलामा बाढीको त्रास, सुरक्षित स्थान सर्दै स्थानीय

विराटनगर ।

सिंघिया खोलमा पानी वहाव बढ्दै जाँदा छेउछाउको बस्ती जोखिममा परेको छ । लगातार तीन दिनदेखि अविरल वर्षा भइरदाँ पानी सतह बढ्दै गएको छ । पानी सतह बढ्दै जान थालेपछि स्थानीय सुरक्षित स्थान तर्फ लाग्न थालेका हुन् ।

विराटनगर २ कामत टोल सिंघिया खोला किनार बस्तीका सुभाष कामतले बाढीले घर छोड्ने अबस्था आएको भन्दै सरसमान पोको पार्न थालेको बताए । कामत टोलका करिब १५ घर सिंघिया खोलाको बगरकै सतहमा छन् । साँझपख फेरी वर्षासुरु भएपछि स्थानीयमा त्रास फैलिएको छ ।

पानी सतह बढ्दै गएको भन्ने जानकारी आएको विराटनगर महानगर २ का वडा अध्यक्ष कुमार पोखरेलले बताए । करिब १५ घर बने बगरकै सहत जत्तिकैमा भएको भन्दै उनले ती घरका परिवार भने सुरक्षित स्थानमा सरेको बताए ।

Loading...