fbpx

धरानमा अस्पतालबाटै शिशु चोरी, दुई महिला पक्राउ

धरान । धरानको वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट दुई महिलाले बच्चा चोरी गरेका छन् । अस्पतालमा उपचारकालागि आएका बिरामी तथा कुरुवा निदाएको अवस्थामा नवजात शिशु चोरी गरेका हुन् ।

भोक्राह–नर्सिङ गाउँपालिका–१ बस्ने बविता मेहतालाई सुत्केरी व्यथा लागेर गत असार १० गते वि.पी. प्रतिष्ठान धरान लगिएको थियो । उनले असार १३ गते शिशुलाई जन्म दिएकी थिइन् । शिशुको जन्मपछि आमा र बच्चालाई गाईनो वार्डमा राखिएको थियो ।

अस्पतालमा उपचार भईरहेकोमा राति १२:२५ बजेको समयमा विरामी कुरुवाले शिशुलाई नदेखे पछि खोजी गरेका थिए । तर बच्चा नभेटिएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले शिशु चोरी गर्ने २ महिलालाई बिहीबार बिहान पक्राउ गरेको हो ।

घटनाको जानकारी पाउनासाथ तत्काल इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोली र पीडितको सहयोगमा शिशुको खोजतलास सुरु गरेको थियो । अनुसन्धानका क्रममा क्रममा केही दिन अगाडी अस्पताल परिसरमा सुत्केरी तथा बच्चाको रेखदेख गर्ने बहानामा आएकी धरान–५ देवी गाउँ बस्ने २७ वर्षिय लीला बिश्वकर्मालाई पक्राउ गरेको थियो ।

विश्वकर्माले शिशुलाई चोरी गरि भाउजु नाता पर्ने धरान १५ बगरकोट बस्ने ४२ वर्षिय मीना लिम्बु बिश्वकर्माको घरमा लुकाई राखेको अवस्थामा फेला पारेको हो । शिशुलाई लुकाई राखेको अवस्थामा प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिई नवजात शिशुको उद्धार गरि परिवारको जिम्मा लगाएको छ । दुवै जनालाई शरिर बन्धक सम्बन्धि मुद्धामा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

प्रतिक्रिया

15 − 3 =

Loading...