fbpx

छवि र शिल्पाको कुरा मिल्यो : छविले मागे माफी

काठमाडौं ।

चलचित्र निर्माता छवि ओझा र नायिका शिल्पा पोखरेलबीच सहमती भएको छ । दुवैले शान्ति सुरक्षामा आँच आउने गरी कुनै पनि गतिविधि नगर्ने सहमति गरे हुन् ।

नायिका पोखरेलले श्रीमान्बाट असुरक्षा भएको भन्दै प्रहरीमा उजुरी दिएपछि बाहिरिएको उनीहरुबीचको खटपट प्रहरीकै रोहवरमा मिलापत्रमा टुंगिएको हो । विहिबार काठमाडौँस्थित महानगरीय प्रहरी परिसरमा भएको छलफलमा यस्तो सहमति भएको हो ।

परिसरका प्रवक्ता होविन्द्र बोगटीले आपसी शान्ति सुरक्षामा आँच आउने हिसाबले दुवै पक्षबाट कुनै पनि गतिविधि नगर्ने र यदि त्यस्तो घटना हुन पुगे कानूनीरुपमा मुद्दा अगाडि बढाइने सहमति भएको बताए । सहमतिपछि परिसरमा पत्रकारसँग कुरा गर्दै नायिका पोखरेलले भनिन् “मलाई जे प¥यो त्यो मैले भोगेँ, यदि कसैले त्यस्तै पीडा भोगिरहनुभएको छ भने तपाई पनि नडराइकन आउनुस् भन्छु ।”

पोखरेलले घटनामा निर्माता ओझाले क्षमा मागेको बताइन् । चलचित्र निर्माता ओझाले सामान्य घरझगडा प्रहरीमा आउनुपर्ने खालको नभए पनि यसमा मेलमिलाप भइसकेकोे प्रतिकृया दिए । ‘लज्जा’ चलचित्रबाट पोखरेललाई ओझाले नै चलचित्रको नायिकाका रुपमा कलिउड भित्राएका थिए । अभिनेत्री रेखा थापासँग सम्बन्धविच्छेदपछि ओझाले पोखरेलसँग विवाह गरेका हुन् ।

Loading...