fbpx

७ हजार घुससहित असइ अख्तियारको फन्दामा

सुनसरी,

सेवाग्राहीसँग ७ हजार घुस लिँदैगर्दा प्रहरी चौकी भोक्राहा सुनसरीका प्रहरी सहायक निरीक्षक पदमबहादुर कटुवाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् । सेवाग्राहीलाई वन मन्त्रालयबाट पक्राउ पुर्जी आएको छ यही मिलाइदिन्छु भन्दै विभिन्न बहाना बनाइ घुस लिँदै गरेको अवस्थामा अख्तियारले मुद्दा दर्ता गरेको हो ।

सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले कटुवाललाई सेवाग्राहीसँग ७ हजार घुसबापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

कटुवालले आफ्नो जिम्मेवारी र पदीय दायित्वविपरीत लिएको उक्त रक बरामद भएको र उनीमाथि बिहीबार विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीद्वारा जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।

Loading...