fbpx

रंगशाला निर्माणको काममा फर्कियो धुर्मुस–सुन्तली फाउडेशन

काठमाडौं,
चितवनमा अन्तर्राष्ट्रिय रंगशाला निर्माणको क्रममा विवाद देखिएपछि काम रोकेको धुर्मुस–सुन्तली फाउण्डेशन काममा फर्किएको छ । विवादका कारण काम स्थगित गरेको धुर्मुस–सुन्तली फाउन्डेसन विज्ञप्ति जारी गर्दै पुनः काममा फर्किएको हो ।

परियोजना सुचारु गर्नका लागि चितवन जिल्लाको तर्फबाट गठित सर्बपक्षिय ५ हजार १ सदस्यीय मूल सहयोग समितिको सचिवालय बैठकले रङ्गशाला निर्माणका लागि पटक–पटक आह्वान गरेको र जिल्लाबाट वातावरण सहज भएको प्रतिवद्धतापछि रङ्गशाला निर्माणको कामलाई निरन्तरता दिने निर्णय गरेको फाउण्डेशनले जनाएको छ ।

‘चितवन जिल्लाको तर्फबाट गठित सर्वपक्षीय ५ हजार १ सदस्यीय सहयोग समितिको रङ्गशाला निर्माणका लागि रकम जुटाउने र अन्य सहयोग गर्ने प्रतिवद्धता व्यक्त भई काममा फर्कनका लागि गर्नु भएको आह्वान र अनुरोधप्रति हामी विस्वस्त छौँ,’ विज्ञप्तिमा भनिएको छ ‘ हामी स्थगित निर्माण कार्यलाई सुचारु गरी ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण कार्यमा आआफ्नो स्थान र क्षेत्रबाट ऐक्यबद्ध भइदिनुहुन अपिल गर्दछौँ ।’

Loading...