fbpx

कोशी अस्पतालको पानी निकाश गर्न देवकोटा चोकको सडक भत्काइयो

विराटनगर,
कोशी अञ्चल अस्पतालमा जमेको पानी निकाश गर्न देवकोटा चोकको सडक भत्काइएको छ । अविरल वर्षाका कारण अञ्चल अस्पताल जलमग्न बनेपछि देवकोटा चोकबाट अदालत जानेबाटो भत्काएर निकाश गरिएको हो ।

barsha

बिहीबार विहान अस्पतालमा जमेको पानी निकाश गर्न सशत्र प्रहरीको टोली परिचालन भएको थियो । सशत्र प्रहरी, अस्पतालका सूरक्षा गार्डले पम्पसिटको प्रयोग गरी अस्पतालको पानी निकाश गरेका थिए । अस्पताल जलमग्न भएपछि देवकोटा चोकबाट अस्पताल जाने सडकको ह्युमपाइप निकालिएको विराटनगर महानगरपािलकाका मेयर भीम पराजुलीले जानकारी दिए ।

सडक भत्काइएपछि अस्पतालमा जमेको पानी निकाश भएको उनले बताए । तर, समयमा नै काम नगरेको भन्दै सामाजिक सञ्जालमा मेयर भीम पराजुलीको तिब्र आलोचना भइरहेको छ । विराटनगरमा क्षेत्रीय शहरी विकास परियोजनाअन्तर्गत ढल नाला तथा सडक निर्माणको काम भइरहेको छ ।

परियोजनाको काम सञ्चालनमा महानगरपालिकाले लाप्रवाही गरेका कारण सानो वर्षा हुँदा बजार क्षेत्र जलमग्न भएको हो ।

प्रतिक्रिया

7 + five =

Loading...