fbpx

नेयमार बार्सिलोना फर्केको हेर्न चाहान्छन् रिभाल्डो

एजेन्सी,
ब्राजिलियन लिजेन्ड रिभाल्डोले पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार खेलाडी नेयमार बार्सिलोना फर्किनु आवश्यक रहेको बताएका छन् । बार्सिलोनाका पूर्वखेलाडीसमेत रहेका रिभाल्डोले बेटफेयरसँग बोल्दै नेयमारलाई आफूले बार्सिलोनामा हेर्न चाहेको पनि बताएका छन् ।

पीएसजीका २७ वर्षीय फरवार्ड नेयमार दुई वर्षपछि पुनः बार्सिलोना फर्किने योजनामा छन् । उनले यसका लागि पीएसजीबाट बिदा लिने संकेत पनि देखाइसकेका छन् । क्लबले भने यस विषयमा पूर्ण रूपमा निर्णय दिएको छैन । नेयमार अहिले प्रि–सिजन अभ्यासमा पनि सामेल भएका छैनन् । पीएसजीका खेल निर्देशक लियोनार्डोले भने नेयमार उचित मूल्यमा उपलब्ध भएको जनाएका छन् ।

यता, बार्सिलोनामा पाँच सिजन बिताए पूर्वस्टार रिभाल्डोले भने नेयमारलाई बार्सिलोना फर्किएको हेर्न चाहाने बताएका छन् । ‘ब्राजिलियन खेलाडीमध्ये नेयमार मेरा मन पर्ने खेलाडी हुन् । र, म उनलाई बार्सिलोना फर्किएको देख्न चाहान्छु । हामीसँग भिनिसियस छन्, एक महान् खेलाडी उनी रियल मड्रिड गइसकेका छन् ।’

‘नेयमार छोडेपछि निकै अफ्ठेरो परेको थियो,’ रिभाल्डोले भने, ‘मेरो विचारमा नेयमारले बार्सिलोना छोडेपछि हाम्रा धेरै समर्थक रिसाएका छन् । नेयमार एक महान खेलाडी हुन् । यदि, उनी यहाँ आएभने सबैको आलोचना सकिन्छ । नेयमार पहिलाझैं नेयमार रहनेछन् । र, यो बार्सिलोनाका लागि विशेष रहनेछ ।’

उनले थपे, ‘उनले माफी भने माग्नैपर्छ । आधिकारिक रूपमा म गलत थिएँ भनेर भन्नै पर्छ । यो मेरै घर हो भनेर भन्नुपर्छ । मेरो विचारमा त्यसपछि सबै समर्थकले उनलाई माफी दिनेछन् । र, उनीहरूले नेयमारलाई खेल मैदानमा, लिगमा, च्याम्पियन्स लिगमा देख्न पाउनेछन् ।’

४७ वर्षीय रिभाल्डोले भने, ‘यदि, उनी यहाँ आएमा मेस्सी र स्वारेजसँग उनको मिलन हुनेछ र बार्सिलोना उत्कृष्ट क्लब बन्नेछ । यदि, उनीहरूले च्याम्पियन्स लिग जितेमा बार्सिलोनाका फ्यानसँग कुनै समस्या हुँदैन ।’

प्रतिक्रिया

seventeen − six =

Loading...