fbpx

दिउँसो सुत्ने बानीले निम्त्याउन सक्छ विभिन्न स्वास्थ्य समस्या

निन्द्रा हाम्रो शरीरमा फूर्ति र ताजापन ल्याउनका लागि निकै महत्वपूर्ण हुन्छ । हामीले कम्तिमा पनि दिनमा ७ देखि ८ घण्टा सुत्नु अति आवश्यक हुन्छ । कम सुत्ने मानिसमा अल्छिपना, थकान, बढी नकारात्मक सोचाइ, मानिसहरुलाई ध्यान एकत्रित गर्न निकै गाह्रो हुने, छिट्टै कुरा बिर्सिने जस्ता लक्षणहरु देखा पर्न गरेका हुन्छन् ।

कम सुत्ने मानिसहरुमा मानसिक तनाव, निराशा तथा डप्रेसनको समस्या तथा विभिन्न रोगहरु देखा पर्न थाल्छ । अचेल हामीहरु हाम्रो व्यस्त जीवनशैलीका कारणले समयमा सुत्नेसम्मको फुर्सद पाउदैनौं । दिन रात नभनी काम गरेर तथा मोबाइलको बढी प्रयोग गर्नाले हामी समयमा सुत्न सक्दैनौँ । यसले हाम्रो दिनचर्यामा तत्काल समस्या नदेखाएपनि पछि गएर ठूलो समस्या निम्त्याउने गर्छ ।

राति राम्ररी निद्रा नपरेको खण्डमा हामीहरु फुर्सद मिल्यो भने दिउँसो अलिकति समय पौने बितिक्कै सुत्ने गर्छौं । तर, यसरी दिउँसो सुत्ने बानी हाम्रो लागि नराम्रो मानिन्छ । यस्तो बानीले हाम्रो स्वास्थ्यमा ठूलो समस्या निम्त्याउन सक्छ ।

दिउँसो खाना खाएर सुत्ने बानीले हाम्रो पाचन प्रक्रिया गडबड हुन गइ हाम्रो तौलसमेत बढ्ने हुन्छ । साथै, हाम्रो शरीरको बीएमआई चाहिनेभन्दा ३७ भन्दा धेरै भएर लिभर क्यान्सरको खतरा २५ प्रतिशतभन्दा बढी हुन जान्छ ।

दिउँसोको समयमा एक घन्टाभन्दा बढी सुत्ने गर्दा टाइप टु डायबिटिजको खतरा ८५ प्रतिशतभन्दा धेरै बढ्न जान्छ । यसका साथै, मुटुसम्बन्धी रोग, ब्रेन स्ट्रोक र मधुमेहको खतरा बढ्छ । दिनभरि सुत्दा रातमा हामीलाई निद्रा लाग्दैन । रातमा निद्रा पूरा नहुँदा हामीलाई भोक धेरै लाग्छ र हाम्रो रगतमा सुगरको मात्रा असामान्य हुँदै जान्छ र हामीलाई रोग लग्न थाल्छ ।

मधुमेह वा मोटोपनका कारण लिभर क्यान्सर हुने सम्भावना बढ्दै जान्छ । निद्राको कमीले आँखा तल कालो दाग, अनुहारमा डण्डीफोर, चाया, पोतो तथा अनेक दागहरु बढ्न थाल्छ । साथै नियमित निन्द्रा नपुग्ने कारणले गर्दा हामीमा विभिन्न स्वास्थ्य समस्या, छाला र पेटसम्बन्धी रोगहरु समेत देखा पर्न थाल्छ । त्यसैले, चिकित्सकहरुले हामीलाई राति समयमै नै सुत्न सुझाब दिने गर्छन् ।

Loading...