fbpx

‘जेम्स रोड्रिग्वेज रोनाल्डो र मेस्सीपछिका उत्कृष्ट खेलाडी हुन्’

एजेन्सी,
इटालियन क्लब नापोलीका अध्यक्ष औरेली डी लाउरेन्टिजले जेम्स रोड्रिग्वेज स्टार खेलाडीद्वय क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी पछिका उत्कृष्ट खेलाडी भएको बताएका छन् ।

जर्मन क्लब बार्यन म्यूनिखले आधिकारिक रूपमा लोनमा भित्र्याएका जेम्स रोड्रिग्वेजलाई हालैमात्र बाट स्पेनिस क्लब रियल मड्रिड फर्काएको छ । कोलम्बियाका स्टार खेलाडी रोड्रिग्वेजलाई बायर्नले दुई वर्षअघि रियलबाट लोनमा भित्र्याएको थियो ।

रियलका प्रशिक्षक जिनेदिन जिदानको योजनामा नपरेपछि रोड्रिग्वेज बायर्नमा लोनमा गएका थिए । उनै रोड्रिग्वेजलाई अहिले नापोलीले नजर लगाइरहेको छ । तर, रियलले धेरै रकमको माग गरेपछि नापोली अलमल्लममा परेको छ । नापोलीका अध्यक्ष लाउरेन्टिजले अनुसार रियलले रोड्रिग्वेजका लागि अत्याधिक धेरै रकम माग गरेको बताएका छन् ।

‘नापोलीलाई रोड्रिग्वेजको जरुरी छ । तर, उनका लागि रियलले ठूलो माग गरिरहेको छ,’ उनी रोनाल्डो र मेस्सीपछिका उत्कृष्ट खेलाडी भएको बताउँदै उनले कार्रिरे डेल्लो स्पोर्ट्ससँगको कुराकानीमा भनेका छन्, ‘जेम्स त्यस्ता फुटबलर हुन्, जो रोनाल्डो र मेस्सीपछिको उत्कृष्ट खेलाडीको सूचीमा आउँछन् ।’

उनले थपे, ‘जेम्स पनि नापोली आउन चाहान्छन्, तर हामी पनि रियलसँग कम रकममा रोड्रिग्वेज दिनका लागि आफ्नो विचार राखेका छौं । तिनीहरूले ठूलो माग गरिरहेका छन् ।’

प्रतिक्रिया

14 + 16 =

Loading...