fbpx

सलमान खानले प्रभु देवाको ‘उर्वशी’ मा डान्स गरेपछि (भिडियोसहित)

विराटनगर,
बलिउडका चर्चित अभिनेता सलमान खानकी पूर्व प्रेमिका तथा बलिउड अभिनेत्री संगीता बिजलानीको जन्मदिनको सेलिब्रेसनमा सलमानले निर्देशक तथा डान्सर प्रभु देवासंग उनकै गीत ’उर्वशी’ मा नाचेका छन् । तेलुगू फिल्मका सुपरस्टार सुदीप सञ्जीव र निर्देशक साजिड वाडियावालाले पनि डान्समा यी दुईलाई साथ दिएका छन् ।

उक्त गीतमा डान्स गरेको भिडियोलाई सलमानले आफ्नो इन्स्टाग्राममा सेयर गर्दै ’आफैंले मास्टरसँग डान्स क्लास लिएको’ भन्दै क्याप्सन लेखेका छन् । उक्त बर्थडे पार्टीमा सलमानसँगै उनको गर्लफ्रेन्ड यूलिया वन्तूर, प्रभु देवा, डेजी शाह, सुदीप सञ्जीव, साजिद नाडियावाला र मोहनीश बहल लगायतका सेलिब्रेटीहरुको उपस्थित रहेको थियो ।

सलमानले सेयर गरेको उक्त भिडियोले दर्शकहरुको ध्यान आकर्षण गरेको छ । सन् १९९४ मा सलमान र संगीताले विवाह गर्ने तयारीमा रहेको समेत चर्चा चलेको थियो । तर, सलमान सोमी अलीसँग नजिकिँएपछि संगीताले क्रिकेटर मोहम्मद अजहरुद्दीनसँग विवाह गरेकी थिइन् । सन् २०१० मा संगीताको दिवोर्स भएपछि सलमान र संगीता निकै नजिक आएका छन् ।

सलमान अहिले आफनो नयाँ चलचित्र ‘दबंग ३’को छायांकनमा व्यस्त रहेका छन् । प्रभु देवाले निर्देशन गरिरहेका ‘दबंग ३’ लाई अरबाज खानले निर्माण गरिरहेका छन् । यस फिल्ममा सलमानको फेरी पनि तेस्रो पटक अपोजिटमा अभिनेत्री सोनाक्षी सिन्हानै देखिदै छिन् । उक्त फिल्ममा सलमान खानका साथ सोनाक्षी सिन्हा, माही गिल, टिनु आनन्द र अरबाज खान लगायतको कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

फिल्ममा कन्नडका सुपरस्टार सुदीपले भिलेनको भूमिका निर्वाह गर्ने भएका छन् । ‘दबंग ३ ‘ यस वर्षको डिसेम्बरमा २० मा रिलिज हुने तय भएको छ । यस अघि उनले मुन्ना बदनाम हुआ’मा आइटम डान्स गर्ने र ‘सिटी’ बोल रहेको गीतमा प्रहरी फोर्सको साथमा एक डान्सको खवरका साथ आफ्नो दर्शकहरुलाई सरप्राइज दिसकेका छन् ।

Dance class from the master himself . . Prabhudeva Kichcha Sudeepa #WardakhanNadiadwala

Posted by Salman Khan on Tuesday, July 9, 2019

Loading...