fbpx

मेकअप लगाएर कहिले पनि सुत्न हुँदैन

आजकल कतै जानुअघि महिला होस् वा पुरुष, सबैलाई सुन्दर र आकर्षण बन्नु मन हुन्छ । पार्टी सानो होस् या ठुलो आफ्नो ड्रेसअप संग मिल्ने गरि मेकअप गर्ने गरिन्छ । को भन्दा को राम्रो भन्ने चलनले गर्दा आजकल कतै जानु अघि हेवी मेकअप गरेर जाने गरेको पाइन्छ । हामी मेकअप ता गर्छौं तर, राती सुत्नु अगाडी मुख धुएर नासुत्दा यसले विभिन्न किसिमको समस्याहरु उत्पन्न गर्न सक्छ ।

हामीले राम्रो देख्नको लागि मेकअपको बाक्लो लेयर अनुहारमा लगाउने गर्छौं, यो राम्रो बानी पक्कै पनि होइन । लामो समयसम्म अनुहारमा यस्तो हेवी मेकअप रहिरहदा छालाले वातावरणबाट पाउने अक्सिजन लगायत अन्य आवश्यक रसायन लिन सक्दैन र छाला चिलाउन तथा पोल्न थाल्छ । हाम्रो अनुहारमा मेकअपको बाक्लो लेयरको कारणले हाम्रो छाला चिल्लो भएर धुलो टासिने गर्छ ।

हेभी मेकअप गरेको खण्डमा हाम्रो छालाको रौँ छिद्रहरु बन्द हुन जनचा मेकअप लगाएर सुत्ने गर्दा छालाले राम्ररी स्वास फेर्न पाउँदैन जसले गर्दा अनुहार सुक्खा हुन्छ र छिट्टै छाला चाउरी पर्ने समस्या सुरु हुन सक्छ । हामीले मेकअप लगाएर कहिल्यै पनि सुत्नु हुदैन । कहिले असाध्यै निन्द्रा लागिरहेको बेला, अल्छि लागेको बेलामा हामी मेकअप नपखाली सुत्ने गर्छौं । अझ हामीले लगाउने फाउन्डेसनले अनुहारमा सबैभन्दा बढी हानी गर्ने हुन्छ ।

यसमा धेरै तेलको मात्रा पाइने हुदा यो हाम्रो छालामा टासिने हुन्छ । मेकअप सफा नगरि सुत्दा यो हाम्रो छालाको छिद्र भित्र छिर्छ र छाला पोल्न तथा चिलाउन थाल्छ, जसले गर्दा हाम्रो अनुहारमा डण्डिफोर, चाया, पोतो तथा काला धब्बा आउने सम्भावना बढ्छ । फाउन्डेसनका साथै हामीले गाजल, मस्कारा र लिपिस्टिक पनि हटाएर मात्र सुत्नु पर्छ ।

मास्कारा र गाजल नहटाइ सुत्दा यो आँखा भित्र चिर्ने सम्भावना हुन्छ जसले गर्दा आँखा चिलाउने तथा आँखा सम्बन्धि समस्याहरु बढ्न थाल्छ । साथै, लिपिस्टिक लगाएर सुत्ने गर्दा यसले हाम्रो ओठको प्राकृतिक ओस सोस्छ र ओठ फुट्ने तथा ओठ कालो हुने समस्या सुरु हुन थाल्छ । त्यसैले, हामीले जति अल्छि लागेपनि जहिले पनि सुत्नु अगाडी मेकअप हटाएर मात्र सुत्ने गर्नु पर्छ ।

हामीले मेकअप गरेर राम्री हुने चक्करमा अझै धेरै कुरुप समेत हुन सक्ने भएकोले मेकअपको सामग्रीहरुको उत्पादन जस्तै फेसवास, क्लिनर, टोनर, क्रिम इत्यादी विभिन्न मेकअपको सामग्रीहरु किन्दा आफ्नो छालाको प्रकृति अनुसार विचार गरेर मात्र लिने गर्नु पर्छ । कम गुणस्तरका तथा म्याद गुज्रेका भिभिन्न सामग्रीको उत्पादनले हाम्रो छालामा विभिन्न असर देखाउने गर्छ ।

प्रतिक्रिया

Loading...