fbpx

‘सत्ते पे सत्ता’ को रिमेक बन्ने, ऋतिक र दीपिका मुख्य भूमिकामा

विराटनगर,

बलिउडका चर्चित अभिनेता ऋतिक रोशन र अभिनेत्री दीपिका पादुकोण पहिलो पटक फिल्म ’सत्ते पे सत्ता’ को रिमेक मार्फत संगै देखिन लागेका हुन् । सन् १९८२ मा प्रदर्शनमा आएको अभिनेता अमिताभ बच्चन र अभिनेत्री हेमा मालिनीको मुख्य भूमिका रहेको सुपर हिट फिल्म ’सत्ते पे सत्ता’ को रिमेक निर्माण हुन अटेको हो ।

यस रिमेकलाई बलिउडका दुई ठुला र चर्चित निर्देशक तथा निर्माता फराह खान र रोहित शेट्टीले मिलेर निर्माण गर्न लागेका छन् । बलिउड मिडियाहरुमा सार्वजनिक बह्येको खवरहरुका अनुसार ’सत्ते पे सत्ता’ को रिमेकमा ऋतिकले अमिताभको र दीपिकाले हेमा मालिनीको भूमिका निर्वाह गर्न लागेका हुन् । फिल्ममा हेमाले निभाएको भूमिकालाई दीपिकाले मात्र निभाउने सक्ने भएको कारण फराह र रोहितले उनलाई लिने निर्णय गरेका हुन् ।

फराहले दीपिकालाई यस फिल्मको कथा सुनाउदा उनलाई फिल्मको स्क्रिप्ट निकै मनपरेको हुनाले उनले तुरुन्तै फिल्म गर्न पक्का भएकी छिन् । तर, यस विषयमा निर्माण टिमले न घोषणा गरेको छ न त कुनै जानकारी नै दिएको छ । फिल्मको लागि अरु कलाकारहरुको छनोट भइरहेको छ । हालै दीपिकाले एसिड आक्रमणमा परेकी युवतीको कथामा आधारित फिल्म ’छपाक’ को छायांकन पूरा गरेर फिल्म ’८३’ को छायांकन मा व्यस्त छिन् ।

यस फिल्ममा उनले क्रिक्रेटर कपिल देवको भूमिका निर्वाह गरेका रणवीर सिंहको पत्नी रोमी देव बन्दै छिन् । यस्तै मा ऋतिक आफ्नो नयाँ फिल्म ’सुपर ३०’ को प्रोमोसनमा ब्यस्त रहेका छन् । फिल्म जुलाई १२ मा रिलिज हुने भएको छ ।

Loading...