fbpx

कोपा अमेरिकाको उत्कृष्ट ११ सार्वजनिक, मेस्सी टोलीबाहिर

एजेन्सी,
ब्राजिलमा हालै सम्पन्न ४६औं संस्करणको कोपा अमेरिका कपको उत्कृष्ट ११ सावर्जजनिक भएको छ । दक्षिण अमेरिकी फुटबल महासंघ (कन्मेबल) उत्कृष्ट टोलीको घोषणा गरेको हो ।

team

सार्वजनिक टोलीमा सन् २०१९ को कोपा अमेरिकाको उपाधि जितेको ब्राजिलका पाँच खेलाडीले स्थान बनाएका छन् । जसमा, ब्राजिलका गोलकिपर एलिसन बेकर, इभर्टन, अर्थर मेलो, थियागो सिल्भा र कप्तान ड्यानी अल्भेसले स्थान बनाएका छन् ।

तर, सुपरस्टार खेलाडीहरू अर्जेन्टिनी कप्तान लिओनल मेस्सी तथा अर्जेन्टिनाकै सर्जियो अगुएरोका साथै ब्राजिलका स्टार खेलाडी फिलिपे कौटिन्हो, ब्राजिलकै खेलाडी ग्राबियल जेसस र चिलीका एलेक्स सान्चेज जस्ता खेलाडीले टोलीमा स्थान बनाउन सकेनन् ।

सो टोलीमा कोपा २०१९ को उपविजेता बनेको पेरुका २ खेलाडी परेका छन् । पेरुका पाओलो गुरेर्रो र मिगुएल ट्राउकोले उत्कृष्ट ११ मा स्थान बनाएका छन् । भने कोलम्बियाका जेम्स रोड्रिग्वेज, चिलीका अर्टुरो भिडाल, अर्जेन्टिनाका लियन्द्रो परेडेस रहेका छन् । यस्तै उरुग्वेका जोसे मारिया गिमेनेज पनि उत्कृष्ट ११ मा परेका छन् ।

प्रतिक्रिया

18 + seventeen =

Loading...