fbpx

सञ्जयलीला भन्साली र अक्षय मिलेर ‘राउडी राठोर २’ निर्माण गर्ने

विराटनगर,
नयाँ फिल्म बनाउनुभन्दा पनि निर्माता तथा निर्देशकले फिल्मको सिक्वेल तथा अरु बिदेशी फिल्मको रिमेक फिल्म बनाउने गरेका छन् । यस्तैमा प्रदर्शनमा आएको ७ वर्षपछि अभिनेता अक्षय कुमार र अभिनेत्री सोनाक्षी सिन्हाको एक्सन,कमेडी र रोमान्टिक जनराको फिल्म ‘राउडी राठोर’ को सिक्वेल निर्माण हुने भएको छ ।

सन् २०१२ मा प्रदर्शनमा आएको फिल्म ‘राउडी राठोर’ दक्षिण भारतीय चलचित्रको रिमेक थियो । उक्त फिल्मलाई प्रभु देवाले निर्देशन गरेका थिए । अहिले यही चलचित्रको सिक्वेल बन्ने भएको छ । ‘राउडी राठोर २’ फिल्मको छायांकन सन् २०२० मा प्रारम्भ हुने भएको छ । फिल्मको निर्देशन कसले गर्ने भन्ने बारेमा अहिलेसम्म पक्का भएको छैन ।

उक्त फिल्मको सिक्वेल निर्माण गर्ने घोषणा भएपछि यस बिषयमा विगत लामो समयदेखि चर्चा चलिरहेको थियो । तर, अक्षय आफ्नो अरु– अरु प्रोजेक्टमा निकै व्यस्त भएका कारण फिल्मको निर्माण सम्भव नभएको हो । अहिले आएर अक्षय र सञ्जयलीला भन्सालीसँग मिलेर ‘राउडी राठोर २’ फिल्म बन्ने पक्का भएको छ । केही समयदेखि निर्माण टिम स्क्रिप्टको तयारीमा जुटेका छन् ।

फेरि पनि फिल्ममा अक्षयको मुख्य भूमिका हुने भएको छ । फिल्मको मुख्य नायिका भने सोनाक्षी नभइ अरु नै हुने भएको छ । फिल्मलाई फेरि पनि प्रभु देवाले निर्देशन गर्ने चर्चा रहेको छ । तर, यस विषयमा निर्माण टिमले कुनै औपचारिक जानकारी भने दिएको छैन । अक्षय अभिनित नयाँ फिल्म ‘मिशन मंगल’ अगष्ट १५ का दिन प्रदर्शन हुने भएको छ ।

अक्षय अहिले रोहित शेट्टीको फिल्म ‘सूर्यवंशी’ को छायांकनमा व्यस्त छन् । यो फिल्म २०२०मा रिलिज हुने भएको छ । सूर्यवंशीपछि अभिनेता अक्षय कुमार ’लक्ष्मी बम’, ’हाउसफूल ४’ तथा ’गुड न्यूज’मा ब्यस्त हुने भएका छन् । स्क्रिप्टको काम सकिएपछि अक्षय ‘राउडी राठोर २’को काममा लाग्ने भएका छन् ।

प्रतिक्रिया

thirteen − 2 =

Loading...