fbpx

बिहिबार र शुक्रबार भारी वर्षाको सम्भावना, नदी किनारका बस्तीमा सतर्कता अपनाउन आग्रह

काठमाडौं । बिहिबार र शुक्रबार भारी वर्षा हुने भएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले सबैलाइ आग्रह गरेकाे छ । केही दिनयता जारी वर्षाका कारण देशभर साना तथा ठूला नदीहरुमा बाढीको उच्च सम्भावना छ । बिहिबार र शुक्रबार भारी वर्षा हुने भएकाले सतर्क रहन आग्रह गरेको हाे ।

तराई तथा मध्य पहाडी क्षेत्रमा बिहिबारदेखि शुक्रबार सम्म निरन्तर भारी वर्षा हुने सम्भावना छ । वर्षाका कारण नदी तथा खोलाहरुमा ठूलो बाढीकाे खतरा छ । महासाखाले खोला निकारका वस्तीहरुलाई पूर्व तयारी अपनाउन आग्रह गरेको हाे ।

बाढी पूर्वानुमान महाशाखाले पूर्वको कन्काई र कमला नदीमा पनि पानीको सतह खतराको लेभलभन्दा माथि पुग्ने सम्भावना रहेको बताएको छ ।

प्रदेश १, २, ३, गण्डकी प्रदेश, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशका तराईको भूभागका नदीहरूमा बाढीको उच्च जोखिम छ ।

जल तथा मौसम विज्ञान विभागले विहीबार राति केही स्थानमा भारी वर्षा हुने बताएको छ । वर्षाका कारण हवाई र सडक यातायातमा समेत अवरोध आउने सम्भावना रहेको बिभागले जनाएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको नजिक रहेकाले मध्य र पूर्वका केही स्थानहरु तथा पश्चिम क्षेत्रमा मनसुनी वर्षा जारी छ ।

प्रतिक्रिया

Loading...