fbpx

प्रधानमन्त्री रोजगार कार्यक्रम : विराटनगरबाट ८५ लाख फ्रिज

विराटनगर । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत संघिय सरकारले विराटनगरलाई पठाएको एक कराेड बजेट मध्ये  करिब ८५ लाख बजेट फ्रिज भएको छ । रोजगार कार्यक्रम अन्तरगत महानगरपालिकालाई संघिय सरकारले एक करोड रकम पठाएको थियो । तर महानगरपालिकाले करिब १५ लाख मात्र खर्च गर्दा ८५ लाख बजेट फ्रिज भएकाे छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत महानगरपालिकामा १६ सयले बेरोजगारीको फारम भरेका थिए । ती मध्ये संघिय सरकारले ४५० जनालाई एक महिना रोजगारीकालागि एक करोड रकम पठाएको हाे । तर ४५० जनाको कोटा हुँदाहुँदै विराटनगरले ९१ जनालाई मात्र रोजगारी दिएका कारण बाकीँ रकम फिर्ता भएकाे हाे ।

महानगरले रोजगारी दिएका मध्ये केहीलेबीचमा नै काम छाडेका थिए । महानगरपालिकाका रोजगार संयोजक दिनेशकुमार साहका अनुसार १९ वटा वडामा ९१ जनालाई रोजगारी दिइको थियो ।

महानगरपालिकाले वडा नम्बर १४ मा वृक्ष रोपण, ८,९ र १० मा ढल जडानमा प्रयोग गरेको थियो भने सबै वडाबाट ३–३ जनालाई तथ्याङ्क संकलन गर्न खटाएको थियो । राेजगारी कार्यक्रम अन्तरगत काममा कठिएकाहरूले एक महिनाकाे काम पुरा गरेर पारिश्रमिक बुझिसकेका छन् ।

मेयर भन्छन् – दुरूपयाेग गरेनाैं

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली बजेट दुरूपयाेग नगरी उब्रिएकाे रकम फिर्ता गरेकाे बताउँछन् । राेजगार फारम भर्ने अधिकांश अध्ययन गरेका व्यक्ति रहेकाे बताउँदै  उनले महानगरले उपलब्धी मुलक काममा मात्र बजेट खर्च गर्दा सबै खर्च नभएकाे  जानकार दिए । सबै बजेट खर्च गर्दा दुरूपयाेग हुने अवस्था आउने बताउँदै  राज्यकाे पैसा राज्य काेषमा नै पठाएकाे बताए ।

बजेट पनि ढिलाे आएकाे बताउँदै उनले राेजगार कार्यक्रमकाे बजेट जथाभावी खर्च नगरी राज्यकाेषमै पठाइएकाे बताए । ‘जथाभावी खर्च गर्नु त भएन् , आखिर पैसा जाने भनेकाे राज्यकाेषमा नै हाे’, उनले भने ।’

उनका अनुसार राेजगार कार्यक्रममा फारम भर्नेहरू अधिकांश शिक्षित जनशक्ति भएकाे र ती व्यक्तिले राेजगार कार्यक्रमकाे कार्यविधिले भनेकाे काम गर्न नमानेका कारण पनि बजेट खर्च हुन नसकेकाे बताए ।

प्रतिक्रिया

three × 4 =

Loading...