fbpx

फाइनलका लागि भारतले पायो २४० रनको लक्ष्य

विराटनगर,
इंग्ल्याण्डमा जारी १२औं संस्करणको आईसीसी एकदिवसीय क्रिकेटअन्तर्गत पहिलो सेमिफाइलको खेल पुनः सुचारु भएको छ । मंगलबार पानीका कारण स्थगित बनेको उक्त खेल ‘रिजर्व डे’ का अनुसार आज खेलाइएको हो । जसमा, फाइनलका लागि भारतले २४० रनको लक्ष्य पाएको छ ।

इंग्ल्याण्डको ओल्ड ट्राफोल्डमा भइरहेको उक्त खेलमा न्यूजिल्याण्डले ब्याटिङ गर्दा–गर्दै पानी परेपछि रोकिएको थियो । वर्षाका कारण ४६.१ ओभरमा रोकिएको उक्त खेल रोकिनुअघि न्यूजिल्याण्डले ४६.१ ओभरमा ५ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो ।

टस जितेर पहिले ब्याटिङमा उत्रिएको न्युजिल्याण्डले त्यसदेखि बाँकी रहेको खेल आज खेलेको हो । जसमा न्यूजिल्याण्डले २सय ३९ रन बनाउँदै भारतलाई २ सय ४० रनको लक्ष्य दिएको हो । उसले निर्धारित ५० ओभर खेल्दा ८ विकेटको क्षतिमा २ सय ३९ रन बनायो ।

न्यूजिल्याण्डका कप्तान केन विलियम्सन ६७ रन जोडेर आउट भए भने रोस टेलर ७४ रन बनाए । बलिङतर्फ भारतका भुवनेश्वर कुमारले ३ विकेट लिए ।

Loading...