birat ribon

रोनाल्डोलाई उछिन्दै एथ्लेटिको आएका फेलिक्स भन्छन्–‘मलाई रोनाल्डोसँग तुलना नगरियोस्’

Neuro
रोनाल्डोलाई उछिन्दै एथ्लेटिको आएका फेलिक्स भन्छन्–‘मलाई रोनाल्डोसँग तुलना नगरियोस्’

एजेन्सी,
हालै मात्र स्पेनिस क्लब एथ्लेटिको मड्रिडमा अनुबन्ध भएका पोर्चुगलका युवा खेलाडी जोआ फेलिक्सले आफूलाई क्रिस्टियानो रोनाल्डोसँग तुलना नगर्न भनेका छन् । उनले पत्रकार सम्मलेनमा रोनाल्डोबारे सोधिएको प्रश्नको उत्तर दिँदै आफूलाई रोनाल्डोसँग नदाँज्न भनेका हुन् ।

१९ वर्षीय फेलिक्स बेन्फिकाबाट विश्वका पाँचौ महंगा खेलाडी बन्दै अनुबन्ध भएका हुन् । एथ्लेटिकोले बेन्फिकालाई १ सय २६ मिलियन युरो तिर्दै उनलाई क्लबमा अनुबन्ध गरेको हो । दोस्रो स्थानमा रहेर सन् २०१८–१९ को ला लिगाको अन्त्य गरेको एथ्लेटिको र फेलिक्सबीच ७ वर्षका लागि सहमति भएको हो । यस्तै उनी युरोपेली क्लब फुटबलका दोस्रो महंगा युवा फुटबलर बने ।

cura insider

यसअघिका महंगा युवा स्टार किलियन एम्बाप्पे हुन् । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का एम्बाप्पे १ सय ८० मिलियन युरोमा क्लबमा अनुबन्ध भएका थिए । यस्तै पोर्चुगलका खेलाडीका आधारमा उनले युभेन्टसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई पनि उछिनेका छन् । यसअघि रियल मड्रिडले रोनाल्डोलाई म्यानचेस्टर युनाइटेडबाट विश्व कीर्तिमानी रकममा क्लबमा अनुबन्ध गरेको थियो ।

उनै फेलिक्सले आफूलाई रोनाल्डोसँग तुलना नगरिदिन आग्रह गरेका छन् । उनले भनेका छन्, ‘म यहाँ आफ्नो कथा लेख्नका लागि आएको हुँ । म जाओ फेलिक्सकै नामबाट रहन चाहान्छु । म जाओ फेलिक्स हुँ र उनी रोनाल्डो हुन् । रोनाल्डो एक महान् खेलाडी हुन् र अहिले विश्वका उत्कृष्ट खेलाडी हुन् । रोनाल्डोले मलाई उनको मन पर्ने शहर मड्रिडका बारेमा धेरै कुरा सुनाएका छन् ।’

‘म एथ्लेटिकोमा इतिहार रच्ने योजनासहित आएको छु, ’ उनले थपे, ‘तर, म एउटा सानो दबाब आएपनि काममा ध्यान दिन सक्दिँन । बेन्फिका छोड्न धेरै गाह्रो थियो । अहिले पनि मलाई मेरो टिममेटलाई भेट्न र पोर्चुगल फर्कन मन छ । यहाँ आएपछि धेरै जनाले शुभकामना दिनु भएको छ । मलाई खुशी लागेको छ ।’

एन्टोइन ग्रिजम्यानले क्लब छोडेपछि फेलिक्सलाई क्लबमा भित्रइएको हो । ग्रजम्यानले एथ्लेटिकोमा लगाएको जर्सी नम्बर ७ नै फेलिक्सले लगाउने छन् । फेलिक्सले गत सिजन उत्कृष्ट प्रदर्शन गर्दै बेन्फिकाका लागि २६ लिग खेलमा १५ गोल गरेका थिए । यस्तै उनले ९ गोलका लागि पास पनि मिलाएका थिए ।

jackson ribon