birat ribon

मेस्सीपछि उनकै सहकर्मी भिडाल पनि कोपा अमेरिकाविरुद्ध खनिए

Neuro
मेस्सीपछि उनकै सहकर्मी भिडाल पनि कोपा अमेरिकाविरुद्ध खनिए

एजेन्सी,
अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले ब्राजिलमा भएको कोपा अमेरिका कपविरुद्ध दिएको अभिव्यक्ति अहिले चर्चामा छ । कोपा अमेरिकाअन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा रातो कार्ड खाँदै मैदान बाहिरिएपछि मेस्सीले कोपा अमेरिकालाई भ्रष्ट भएको आरोप लगाएका थिए ।

सो खेलको ३७औं मिनेटमा चिलीका कप्तान ग्यारी मेडेलसँग झगडिएपछि मेस्सी र मेडेल दुवैले रातो कार्ड खाएका थिए । खेल जितेपछि उनले दक्षिण अमेरिकी फुटबल महासंघ भ्रष्ट भएको र ब्राजिलले कोपा अमेरिका जित्न सेटिङ मिलाएको भन्दै कडा अभिव्यक्ति दिएका थिए ।

cura insider

मेस्सीले दिएको विवादास्पद अभिव्यक्तिमाथि अहिले विभिन्न टीका–टिप्पणी भइरहेका छन् । केहीले यस विषयमा सहमति जनाएका छन् भने केहीले उनको अभिव्यक्तिको आलोचना गरिरहेका छन् । यस्तैमा उनका सहकर्मी तथा चिलीका खेलाडी अर्टुरो भिडाल पनि यस विषयमा प्रवेश गरेका छन् ।

स्पेनिस क्लब बार्सिलोनाका खेलाडीसमेत रहेका भिडालले भने मेस्सीलाई समर्थन गरेका छन् । उनले आयोजक ब्राजिल र अर्जेन्टिनाबीचको खेल अनुचित भएको बताएका छन् । उनले भनेका छन्, ‘मेरो विचारमा ब्राजिल र अर्जेन्टिनाबीचको खेल स्पष्ट थिएन । रेफ्रीहरू खेलाडीभन्दा पनि बढी महत्त्वपूर्ण हुन खोजे । त्यहाँ रेफ्रीले कसरी दुवै कप्तानलाई रातो कार्ड दिए ? यो स्पष्ट छ, उनीहरूले एक–अर्काको अनुहारमा छोएकासमेत थिएनन् ।’

‘मेस्सीले मेडेललाई रातो कार्ड खानेगरी केही गरेका थिएनन्,’ उनले थपे, ‘त्यहाँ भएको केही थिएन । उनीहरुले छाती जुधाए तर त्यहाँ रेड कार्ड दिनु हुन्थेन । यस्तै भीएआरमाथि प्रश्न खडा हुन्छ, भीएआर युरोपमा अर्कै तरिकाले प्रयोग गरिन्छ । दक्षिण अमेरिकाले यो कुरा सिक्नु पर्छ । ’

jackson ribon