fbpx

आखिर कस्ता खानेकुराले झर्छ त मान्छेको कपाल ?

धेरैजसो मानिसहरुलाई कपाल झर्ने समस्याले निकै सताइरहेको हुन्छ । हामीहरुले आफ्नो कपाललाई स्वस्थ राख्नका लागि बजारमा पाइने विभिन्न केमिकल तथा हर्बल श्याम्पू तथा तेल को प्रयोग गरेका हुन्छौं । तर, यसले हाम्रो कपाललाई स्वास्थ्य बनाउनु भन्दा पनि यसको स्तरलाई अझै घटाइ रहेको हुन्छ ।

कोहि व्यक्तिहरुमा थोरै मात्रामा कपाल झर्छ भने कसैमा भने यति झर्छ कि उनीहरुलाई आफु छिट्टै तक्लु हुने डर हुने गर्छ । कपाल झर्नुका पछाडि विभिन्न कारणहरु हुनसक्छ जसमा विभिन्न केमिकल युक्त सामग्रीको प्रयोग, शरीरमा रोग, बंशानुगत कारण, खानपिन तथा बातावरण प्रदुषण मुख्य हुने गर्छ ।

आजकलको ब्यस्त जीवन, अस्वस्थ खानपान तथा प्रदुषणले गर्दा हाम्रो कपालको स्तर कम भएर निकै मात्रामा झर्ने हुन्छ । कसैकसै को कपाल पातलो भएर जान्छ भने कोहि कोहि त कपाल झरेको कारणले तक्लु समेत हुने गरेको देखिन्छ । हामीले खाने अस्वस्थ खानेकुराका कारण हाम्रो रगतमा बायोटिनको कमी हुन थाल्छ र शरीरको रगत कपालको जरामा नपुगेर रक्तसंचार कम हुने गर्दछ ।

यहि कारणले तिब्र गतीमा हाम्रो कपाल झर्ने गर्दछ । हामीले दैनिक तरकारीमा खाने आलुमा स्टार्चको मात्रा अत्यधिक हुन्छ जसले गर्दा हाम्रो शरीरमा इन्सुलिनको मात्रा बढ्छ र हाम्रो कपाल धेरै झर्ने गर्छ । हामीले खाने खाजा जस्तै पेस्ट्रीज, केक, सेतो पाउरोटी, पास्ता जस्ता खानेकुराहरु मैदाले बनेको हुन्छ । खानामा पाइने स्टार्च चिनीमा परिणत भएर एन्ड्रोजन हर्मोनको स्तर बढाउछ जसले गर्दा तीब्र रुपमा कपाल झर्छ र कपाल पातलो हुन थाल्छ ।

हाम्रो रगतमा चीनिको मात्रा बढेमा हाम्रो हेयर फोलिकल खुमचिने हुन्छ र कपाल धेरै झर्ने गर्दछ । तारेका खानेकुरा खादा त्यसमा अत्यधिक तेल हुन्छ जसले टाउकोको कपालको प्वाल बन्द हुन्छ र कपाल तीब्र रुपमा झर्ने गर्दछ । धेरै तेल र ट्रान्सफ्याट हुने खानेकुरा खादा कपालको जरालाई पोषण पाइदैन र हाम्रो कपाल झर्ने गर्छ ।

अत्यधिक मिठो खानेकुरा खादा पनि ब्लड सुगर लेभल बढ्ने गर्छ जसले गर्दा हेयर फोलिकल्स खुम्चिने गर्दछ र कपाल झर्ने गर्दछ । सोडा, कोलाजस्ता कार्बोनेटेड ड्रिङ्क्स तथा रक्सि पिउने गर्दा शरीरमा अत्यधिक चीनि र एसिडिक क्वालिटीको मात्रा बढी जसले गर्दा जिंकको शेचन स्लो हुन्छ र हाम्रो कपाल धेरै झर्छ ।

प्रतिक्रिया

9 + eight =

Loading...