Rumpum Advertisement
Dazzu

चलचित्र निर्माताको घरमा घरेलु हिंसा, सुरक्षा माग्दै शिल्पा महानगरीय प्रहरी परिसरमा

चलचित्र निर्माताको घरमा घरेलु हिंसा, सुरक्षा माग्दै शिल्पा महानगरीय प्रहरी परिसरमा

काठमाडौं,
चलचित्र निर्माता छबी ओझाबाट असुरक्षित भएको भन्दै अभिनेत्री शिल्पा पोखरेलले प्रहरीमा उजुरी दिएकी छन् । छबी र शिल्पा श्रीमान्- श्रीमती हुन् । आफूभन्दा झण्डै दोब्बर उमेरका श्रीमानबाट असुरक्षित भएका भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएकी हुन् ।

छबी र शिल्पाबीच पछिल्लो समय खटपट भएको थियो । शिल्पाले श्रीमानबाट असुरक्षित भएको बताउँदै शान्ति सुरक्षा पाऊँ भनी उजुरी दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले बताए ।

निर्माता छविराज ओझाको शिल्पासँग तीन वर्ष अघि विवाह गरेका थिए । चौथो श्रीमती बनेर ओझा निवास भित्रिएकी शिल्पालाई छबीले आफ्नो फिल्म ‘लज्जा’बाट चलचित्र क्षेत्रमा डेब्यू गराएका थिए । २०७३ सालको दशैंमा सुटुक्क विवाह गरेपनि उनीहरुले लामो समय बिवाहलाई लुकाएका थिए ।

म्युजिक भिडियोमा चर्चित शिल्पालाई डेब्यू गराएका छबीले ‘हवलदार सुन्तली , ‘मंगलमलगायत केही चलचित्रमा काम गराएका थिए । शिल्पासँग विवाह गर्नुअघि छबीले रेखा थापासँगको सम्बन्ध बिच्छेद गरेका थिए ।