birat ribon

एम्बाप्पे पनि पीएसजी छोड्ने तयारीमा छन् ?

Neuro
एम्बाप्पे पनि पीएसजी छोड्ने तयारीमा छन् ?

एजेन्सी,
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का खेल निर्देशक लियोनान्र्डो एरौजौले स्टार युवा खेलाडी किलियन एम्बाप्पेको भविष्यको बारेमा बोलेका छन् । ‘ले पारिसिएन’सँगका कुराकानीमा उनले पीएसजीसँग एम्बाप्पेले सम्झौता नविरण गर्ने नगर्नेमा अन्यौलता रहेको बताएका छन् ।

उनले एम्बाप्पेको महत्त्व लिग वानमा रहेको बताए । उनले भने, ‘यसमा कुनै शंका नै छैन, उनको महत्त्व हामीलाई धेरै छ । उनी हाम्रा लागि धेरै महत्त्वपूर्ण छन् । यसमा अन्य प्रश्न नै छैन । उनी जब सोमबारदेखि निरन्तर अभ्यासमा आए, उनको अनुहारमा पहिलेझैँ मुस्कान थियो ।’

cura insider

‘एम्बाप्पे निकै रोमाञ्चक छन्,’ उनले थपे, ‘उनका फ्यानहरूले पनि उनलाई निकै माया गर्छन् । टिममा उनीजस्ता खेलाडी खेलाडी हुनु अति आवश्यक छ । उनी निकै खुशी, जवान र हसिँला छन् ।’ यसैगरी लियानार्डोले एम्बाप्पेले पीएसजीसँग सम्झौता नविकरण गर्नेमा शंका रहेको उल्लेख गरे । उनले भने, ‘उनले सम्झौता नविकरण गर्छन भनेर म कहिल्यै पनि वाचा गर्दिँन ।’

यस्तै उनले अर्का स्टार खेलाडी नेयमारले क्लब छाड्न चाहेको बताएका छन् । यस्तै उनले नेयमारको क्लब छोड्ने निर्णयपछि नेयमारलाई सम्झाउँदा–सम्झाउँदा थाकेको पनि उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘नेयमारले क्लब छोड्न सक्छन् । तर, नेयमारले पीएसजी छोड्छु भनेको धेरैपटक भयो । उनले आफ्ना ब्राजिलियन खेलाडी साथीहरू मार्किन्होस्, थियागो सिल्भा र ड्यानी अल्भेसलाई सिजनको अन्त्यमा पीएसजी छोड्न चाहेको बताउँदै आएका थिए ।’

यति मात्र नभएर नेयमारले पीएजीका अध्यक्ष खिलाफीसँग पनि यस्तो कुरा गरेको खेल निर्देशकको भनाइ छ ।

jackson ribon