birat ribon

मानव स्वास्थ्यका लागि निकै फाइदा गर्ने तरकारी भान्टा

Neuro
मानव स्वास्थ्यका लागि निकै फाइदा गर्ने तरकारी भान्टा

भान्टाको तरकारी धेरैजसोलाई मन पदैन । भान्टा खाँदा हामीलाई चिलाउँछ भन्ने भ्रमले गर्दा मानिसहरु भान्टा खान डराउने गर्छन् । तर, भान्टा मानव स्वास्थ्यका लागि निकै फाइदा गर्ने तरकारीमध्ये एक हो ।

भान्टामा भिटामिन ’बी ६’, ’ए’, ’सी’, ’ई’, ’के’, नायसिन, फोलेट, फाइबर, क्लोरिन, पोटासियम, क्याल्सियम, आइरन, म्याग्नेसियम, फोसफोरस, जिंक, कपर, म्याङ्गानिज सेलेनियम लगायतका तत्व प्रसस्त पाइन्छ ।

cura insider

भान्टामा फाइबरको मात्रा अधिक र क्यालोरीको मात्रा न्यून हुने भएकाले यसको नियमित सेवनले पाचन प्रक्रियालाई सक्रिय पारेर कब्जियतको जोखिमलाई कम गर्नुका साथै पर्याप्त मात्रामा पानी पाउने हुदा मोटोपना घटाएर हाम्रो शरीरको तौललाई सन्तुलित राख्ने काम गर्दछ ।

पाचन प्रक्रियालाई मात्रा नभएर यसले कोलेस्ट्रोल र रगतमा चिनीको मात्रालाई पनि घटाउँछ । भान्टाको नियमित सेवनले उक्त रक्त चाप, मधुमेह, मुटुरोग तथा शरीरमा बोसो लाग्नेजस्ता समस्यालाई नियन्त्रणमा ल्याउन मद्दत गर्छ ।
साथै, क्यान्सर लागेका बिरामीहरुका लागि समेत फाइदाजक हुन्छ । भान्टामा केही मात्रामा कार्बोहाइड्रेट र बोसोको मात्रा पनि हुन्छ । भान्टाले शरीरमा शक्तिशाली एन्टिअक्सिडेन्ट उत्पादन गरेर शरीरका रक्तनलीलाई संचालनमा राख्ने काम गर्छ ।

भान्टाले शरीरमा इलेक्ट्रोलाइट्सको सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने गर्छ । भान्टाको सेवनले हाम्रो हड्डि बलियो बनाउनुका साथै हामीलाई एनिमियाबाट बचाउने गर्छ । भान्टाको नियमित सेवनले कपाल झर्ने समस्यालाई समेत कम गर्ने हुन्छ ।

भान्टामा थोरै मात्रामा निकोटिन पाइने भएकाले अथक प्रयास गर्दा पनि धुम्रपानको लत छुट्न नसकेको खण्डमा भान्टाको नियमित सेवनले चुरोटको तल तललाई विस्तारै कम गर्दै लान्छ र छुटाउन समेत मद्धत गर्दछ ।

jackson ribon