fbpx

धार्मिक तथा औषधीय गुणहरू हुने तुलसीका साइड इफेक्ट

तुलसी हिन्दूहरूको लागि अत्यन्तै पुजनिय तथा उपयोगि वनस्पति हो । तुलसीमा सयौँ रोग निको गर्ने क्षमता हुन्छ । यसका पात, हाँगा, फूल, जरा र बीउ सबै उत्तिकै महत्वपूर्ण छन् । धार्मिक तथा औषधीय गुणहरु हुने गर्दा तुलसीलाई दिनदिनै बिहान पुजा गर्नुका साथै यसले हाम्रो जीवनमा निकै महत्व राखेको हुन्छ । तुलसी रोपेको छाया वरिपरि र यसको हावाको परिधिभित्र कुनै पनि विषाक्त कीटाणुहरू टिक्न सक्तैनन् भनेर भनिन्छ ।

दीर्घ रोगीहरूसमेत तुलसीको सेवनले रोगमुक्त भएको कुरा पनि हामीले अवश्य सुनेका छौं । तर, हरेक कुराको फाइदासंग संगै बेफाइदाहरु पनि हुने गर्छ । यति धेरै फाइदाहरु भएको तुलसीको पातले समेत हाम्रो शरीरमा भयानक साइड इफेक्ट गर्ने हुन्छ । यसबारेमा हामी धेरैलाई थाहा पनि हुदैन र हामीले यस विषयमा सोचेको पनि छैनौ होला । तुलसीको पातलाई नचपाई सिधै निल्नुपर्ने हुन्छ ।

तुलसीको पातमा धेरै आइरन पाइने हुदा उक्त आइरनलाई चपाउँदा दाँतमा दागधब्बा देखिने भएकाले हामीले तुलसीलाई चपाउनु नहुने भनिन्छ । थुप्रै अनुसन्धानहरुका अनुसार तुलसीको पात सेवन गर्दा रगतमा चिनीको मात्रा कम हुनुको साथै रगत समेत पातलो हुने गर्छ । मधुमेहका बिरामीले औषधीका साथै तुलसीको पातको सेवन गरिरहेको छ, भने शरिरमा सुगरको स्तर आवश्यकता भन्दा कम हुन्छ र उनीहरुको शरीरमा हानी समेत पुग्न जान्छ ।

रगत पातलो बनाउने औषधी खाइरहेको बेलामा भने तुलसीको सेवन गर्नुहुँदैन । तर, रगतलाई पातलो बनाउनका लागि औषधीको सेवन गर्न नचाहने व्यक्तिले तुलसीको पातलाई घरेलु उपचारको रुपमा सेवन गर्नु लाभदायिक हुन्छ । पेन किलर र तुलसीको पातलाई नियमित रुपमा सेवन गरिरहेका छौं भने यसले हाम्रो कलेजोमा नकारात्मक असर पुर्याउने गर्छ ।

दुबैले दुखाईबाट छुटकारा दिने भएको कारणले दुबै शरिरभित्र गएर एकसाथ काम गर्न थाल्दा हाम्रो कलेजोको कार्य प्रणालीलाई प्रभावित पर्ने हुन्छ । तुलसीको पातले गर्भवती महिला तथा उनको गर्भमा हुर्किरहेको बच्चाको स्वास्थ्यलाई पनि नोक्सान पुर्याउने हुन्छ । तुलसीमा ‘एस्ट्रागल’ नामक तत्व पाइने हुन्छ जसले पछि गएर गर्भपतनको समेत खतरा निम्त्याउन सक्छ ।

Loading...