fbpx

विश्वकप क्रिकेट : भारत फाइनल पुग्ने सम्भावना बढ्यो

विराटनगर,
इंग्ल्याण्ड र वेल्समा जारी १२औं संस्करणको आईसीसी एकदिवसीय क्रिकेटअन्तर्गत पहिलो सेमिफाइलको खेल स्थगित भएको छ । उपाधि दाबेदार मानिएका दुई टोली भारत र न्यूजिल्याण्डबीचको खेल पानीक कारण रोकिएको हो ।

इंग्ल्याण्डको ओल्ड ट्राफोल्डमा भएको उक्त खेलमा न्यूजिल्याण्डले ब्याटिङ गर्दा–गर्दै रोकिएको हो । करिब साढे चार घण्टा वर्षा भएपछि न्यूजिल्याण्डको आफ्नो इनिङ्स पूरा गर्न पाएन । वर्षाका कारण ४६.१ ओभरमा रोकिएको उक्त खेल रोकिएको हो । खेल रोकिनुअघि न्यूजिल्याण्डले ४६.१ ओभरमा ५ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो ।

टस जितेर पहिले ब्याटिङमा उत्रिएको न्युजिल्याण्डका लागि रोस टेलर ६७ रनमा अविजित रहेका छन् । यस्तै कप्तान केन विलियम्सन ६७ रन जोडेर आउट भए ।

अब उक्त खेल ‘रिजर्व डे’ का अनुसार आज खेलाइने छ । न्यूजिल्याण्डले ४६.१ ओभरबाट बाँकी खेल खेल्नेछ । वर्षा नरोकिएपछि अम्पायरले बाँकी खेल रिजर्व डे अर्थात आज (बुधबार) हुने निर्णय गरेका थिए । म्यानचेष्टरमा आजसमेत ६५ प्रतिशत वर्षाको सम्भावना छ । यसअनुसार हेर्दा भारत फाइनल पुग्ने सम्भावना बढेको छ । किनकी, आजकाे खेल हुन नसकेको अवस्थामा भारत अंकका आधारमा फाइनल पुग्नेछ ।

यस खेलमा दुवै टोली जित निकाल्दै फाइनलमा स्थान बनाउने दाउमा छन् । अंक तालिकामा शीर्ष स्थानमा रहेको भारत र चौथो स्थानमा रहेको न्यूजिल्याण्डबीचको विजेता टोली उपाधि नजिक पुग्नेछ । भारतले जारी विश्वकपमा एक खेल मात्र हारेको छ । उसले ७ खेलमा जित निकालेको छ भने एक खेल नतिजाबिहीन भएको थियो ।

यस्तै न्यूजिल्याण्डले ५ खेलमा जित निकालेको छ भने तीन खेलमा हारेको छ । उसको एक खेल भने रद्ध भएको थियो । विश्वकपअघिको अभ्यास खेलमा भने न्यूजिल्याण्डले भारतलाई पराजित गरेको थियो । भारत र न्यूजिल्याण्डबीचको खेलको विजेता टोलीले अष्ट्रेलिया र इंग्ल्याण्डबीचको विजेता टोलीसँग फाइनल खेल खेल्नेछ ।

Loading...