fbpx

उखुको रस पिउनु अघि के के कुरामा ध्यान दिने ?

काठमाडौं ।

धेरै रोगको औषधिका रुपमा रहेको उखुको रस हामीले गर्मीको बेला धेरै नै पिउने गर्दछौँ । झट्ट हेर्दा उखुको रसले हामीलाई धेरै नै फाइदा पुर्याउछ भन्ने लाग्छ । तर स्वास्थ्यकालागि भनेर पिउने उखुको रसले नै तपाईलाई हानी गर्न सक्छ ।

सहरी क्षेत्रमा जतापायो उतै राखिएका उखुको रस पेल्ने मेसिन धुलो धुँवा र प्रदुषणले भरिएका हुन सक्छन् । गर्मीमा यसै बाटो हिड्दै गर्दा आँतलाई शितल बनाउन उखुको रस पिउने गर्नु भएको छ भने सावधान हुनै पर्छ ।

उखुको रसले गर्भवती महिलालाई फाइदा पुर्याउछ । डिहाइड्रेसनबाट बचाउछ, अनि एनिमिया, क्यान्सरलगायतका रोगमा पनि उखुको रस लाभदायी हुन्छ। तर कस्तो ठाँउमा, कस्तो उखुको रस पिउदै छौँ भन्ने ख्याल नगर्दा भने समस्यामा पर्न सकिन्छ र फाइदा भन्दा बढी बेफाइदाको सिकार हुन सकिन्छ । त्यसैले यी कुरामा हामीले ध्यान दिनै पर्छ ।

उखुको रस पाउने पशल कत्तिको सफा छ , पसलमा झिंगा त भन्किइरहेको छैन् । फोहोर र झिँगा भन्किरहेको छ भने त्यहाँ उखुको रस नपिउनु नै बुद्धिमानी हो । अनि कस्तो उखु पेलेर रस बनाउदै छ भन्ने जानकारी नभए त्यो पनि नपिउनु नै उत्तम हुन्छ । किनकी उखुमा विभिन्न किसिमका किराहरु हन्छन् । र सडेको र फोहोर उखुपनि पेलेर तपाईलाई पशलवालाले जुस खुवाइरहेको हुन सक्छ ।

फोहोर र सडेको उखुको रसले सित्तल बनाउने मात्रै नभई पेटका रोगहरु पनि बढाउन सक्छ । अनि फ्रिजमा राखेको उखुको जुस हो हैन यकिन गरेर मात्रै पिउनु उत्तम हुन्छ । फ्रिजमा राखेको उखुको रसले लाभ भन्दा हानी धेरै गर्छ ।

बासी जुसमा झिँगाले विभिन्न रोग सारेको हुन सक्छ । किरा लागको हुन सक्छ । शुद्ध उखुको रस मात्रै हो भने फाइदा पाउनु हुन्छ तर केही अन्य जुस मिसाएर दिएको छ भने यसले पनि हानी गर्न सक्छ । कस्तो पानीको प्रयोग गरिएको छ त्यो पनि हेर्नु पर्छ ।

यसैगरि एकै पटक धेरै उखुको रस पिउनु पनि स्वास्थ्यकालागि हानीकारक हुन्छ । विशेषज्ञका अनुसार एक दिनमा दुई गिलासभन्दा बढी उखुको रस मिसाउनुहुन्न। यदि जण्डिस छ भने मात्रा बढाउन सकिन्छ। धेरै उखुको रसले नोक्सानी पुर्‍याउन सक्छ।

Loading...