fbpx

एसईईमा बी प्लस ल्याएर उत्तिर्ण भएको खुशीमा करिष्माले दिइन् पार्टी

काठमाडौं,
एसईई परीक्षामा सफल भएको खुशीमा चर्चित अभिनेत्री करिष्मा मानन्धरले आफ्ना स्कुल पढेका साथी, नजिकका साथी भाइ, फिल्मक्षेत्रका सहकर्मीलाई तथा स्कुलका गुरुहरूलाई सानो पार्टी दिएकी छिन् । करिश्माले २०७५ सालमा एसईई परीक्षा दिएकी थिइन् । उनले एसईई परीक्षामा ३ जीपीए अर्थात् ग्रेड बि प्लस ल्याएर उत्तिर्ण भएकी छिन् ।

शनिबार ज्ञानेश्वरको एटिक रेष्टुरेन्टमा आफ्नो खुशी साट्नका लागि पार्टी दिएकी थिइन् । करिष्माले जस्तो उमेरमा पनि आफ्नो इच्छा, चाहना र सहासलाई केही असर गर्दैन भनेर देखाएकी छिन् ।

उक्त आयोजित गरिएको पार्टीमा चलचित्र विकास बोर्ड अध्यक्ष केशव भट्टराई, वितरक गोपालकाजी कायस्थ, कोरियोग्राफर गोविन्द राई, अभिनेता भुवन केसी, रमेश उप्रेती, अभिनेत्री नम्रता श्रेष्ठ, शिल्पा पोखरेल, छुल्ठिम गुरुङ, कविता गुरुङ, पत्रकार विजयरत्न तुलाधर, निर्देशक दीपाश्री निरौला लगायतका कलाकारको उपस्थिति रहेको थियो ।

उनको खुशी उनको अनुहारमा प्रष्ट देखिन्छ । पार्टीमा उनलाई सबैले धेरै बधाई दिनुका साथै अझै प्रगति गरेको देख्न चाहेको सबैले आफ्नो खुशी साटेका छन् । एसइइ परिक्षा उत्रिर्ण भएसँगै उनलाई उच्च शिक्षा अध्ययनका लागि अर्को बाटो खुलेको छ ।

पहिला आर्ट्स लिने सोच बनाएकी करिश्माले आफ्नो राम्रो ग्रेड आएको कारणले म्यानेजमेन्ट लिने सोच बदलेकी छिन् । उनले आफु सरकारी स्कुलमा पढ्ने सोच बनाएको बताइन् । तीन दशक लामो अभिनय यात्रपछि नयाँ शक्ति पार्टीको नेतृ समेत रहेकी करिश्मा अहिले केही समयको लागि निष्क्रिय रहँदै आएकी छिन् ।

प्रतिक्रिया

Loading...