fbpx

‘एकलव्य’ को ट्रेलरमा एक्सन, प्रेम र अहिलेको जल्दो–बल्दो समस्या (भिडियोसहित)

विराटनगर,
साउन १० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘एकलव्य’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । उक्त फिल्मको ट्रेलरलाई युत्युब मार्फत सार्वजनिक गरिएको हो ।सार्वजनिक गरिएको ट्रेलरमा एक्सन, प्रेम र रोमान्सले भरिपूर्ण रहेको छ । ट्रेलरमा अहिलेका जल्दा बल्दा समस्याहरु जस्तै गुण्डाहरुको व्यवहार, अपहरण, हत्या, भ्रष्टाचारलाई प्रस्तुत गरिएको छ ।

समसामयिक बिषयका साथ पारिवारिक प्रेमकथामा आधारित भएर निर्माण भएको ‘एकलव्य’लाई अनमोल शर्माले निर्देशन गरेका हुन् । यस फिल्ममा अभिनेता सोनाम थापा मगर, मोडल सन्ध्या भट्टराई, शुष्मा कार्की, राजेन्द्र दुलाल, महिला सिलवाल, पुष्कर राउत, ओसिन भट्टराई, शुशिल पोखरेल तथा बिराग लोगुन लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

यस फिल्मबाट नव(अभिनेता सोनामले डेब्यु गरेका छन् । राजेन्द्र दुलाल, सोनाम थापा मगर र अभी थापा मगरको संयुक्त लगानीमा यो फिल्मको निर्माण गरिएको हो । अर्जुन जिसीको सम्पादन रहेको यस फिल्ममा भोजराज देवकोटाको पटकथा तथा संवाद रहेको छ भने फिल्मको गीतमा संगीत राजेन्द्र बजगाईंले भरेका छन् । फिल्मलाई कृष्ण श्रेष्ठले छायांकन गरेका हुन् ।

फिल्मले दर्शकलाई निराश नबनाउने दाबी गर्दै आफु यस फिल्मका लागि निकै उत्साहित रहेको डेब्यु अभिनेता सोनामले बताएका छन् । कविराज गहतराज र रामजी लामिछोनेको कोरियोग्राफी रहेको फिल्ममा समावेश गरिएको ‘पूर्वै चल्नेया रेल…’ बोलको गीतलाई युत्युबमा दर्शकहरुले निकै रुचाउदै आएका छन् ।

प्रतिक्रिया

Loading...