fbpx

निन्द्रामा किन हिँड्छन् मानिसहरू ? जान्नुहोस्

मान्छेले मात्र नभएर निदाउने जति सबै प्राणीले सपना देख्ने गर्छन् । अरु प्राणीहरुले सपना देखेको थाहा पाउदैन तर, मानव मस्तिष्क विकसित भइसकेको कारणले मान्छेले सपना देखेको थाहा पाउनुका साथै धेरै जसो सपनाहरु अधि उधि याद पनि हुने गर्छ । सपना कहिले पनि पुरै याद हुने गर्दैन । हामीले देखेको सपना २० मिनेटभित्र सकिन्छ भने हरेक मान्छे सुत्दा दिनमा तीनदेखि सात वटासम्म सपना देख्ने गरेको हुन्छ ।

हामीले निदाएपछि सपना देखेको पाँच मिनेटमा ५० प्रतिशत र, १० मिनेटभित्र ९० प्रतिशत सपना बिर्सिने गर्छौं । हामीले घुरेर सुतेको बेलामा भने हामीलाई सपना आउने गर्दैन । हामीले हाम्रो जीवनकालमा अचम्म अचम्मका सपना हामी देख्ने गर्छौं । आजका दिनसम्ममा हामीले देखेको सपनाको सही अर्थ लगाउने विधि पत्ता लागि सकेको छैन । धेरै जसो मानिसले सपनालाई शुभ अशुभको संकेतका रूपमा समेत लिने गरेको पाइन्छ ।

हामीले गर्ने हाम्रो दैनिक गतिविधिको कारणले सपना प्रभावित हुने गर्दछ । अत्यधिक मानसिक तनाव लिने मान्छेले बढी सपना देख्ने गर्छन् । सपना राम्रो पनि हुन सक्छ अनि नराम्रो पनि हुने गर्छ । हामीले जीवनमा गर्न नसकेका काम, तनाव, डरलाग्दा घटनाका कारण नराम्रा सपना देख्ने गरिन्छ । मानिसहरुले सपनामा बोल्ने, कराउने, हिँड्ने, जस्ता गतिविधि समेत देखाउने गर्दछन् ।

सुतिरहेको अवस्थामा अचानक विभिन्न समस्या आइपर्ने हुदा मान्छे निदाएको अवस्थामा बोल्ने, कराउने, हातखुट्टा चलाउने, रुने तथा हास्ने गर्दछन् । सपना देख्ने क्रममा मानिसको दिमाग सक्रिय हुन्छ भने शरीर शिथिल अवस्थामा हुने गर्छ । कतिपय मानिसहरु सुतेको वेलामा जुरुक्क उठेर हिँड्ने बानी समेत हुन्छ । बेहोसीको अवस्थामा उनीहरुले विभिन्न गतिविधि गरेपनि आफुले गरेको गतिविधि बारे आफैलाई थाहा हुने गर्दैन ।

यस्तो वेला मानिसले विभिन्न गल्ती र नराम्रा कामसमेत गरेको हुन्छ । कुनै सामग्री फोड्ने, घर बाट बाहिर निस्किने, दिवाल चढेर हाम फाल्ने जस्ता काम हरु सपनामा हिडेको अवस्थामा गरेको देख्न सकिन्छ । सपनामा हिड्ने, कराउने समस्या हाम्रो मस्तिष्कसँग जोडिएको हुन्छ । दिनभरीको थकान र मानसिक तनावका कारण मानिसले सपनामा हिँड्ने गरेको पाइएको छ ।

सपना देख्ने क्रममा मानिसको शरीर शिथिल भए पनि दिमाग तीव्र गतिमा चल्ने भएकाले सपनामा बोलेको, हिँडेकोबारे केही पनि याद हुदैन । मानसिक समस्या भएका मानिसहरुमा पनि यस्तो समस्या भएको देखिन्छ । जब हामी सपना देखिरहेको समयमा एक्कासि बिउँझिन्छौं, उक्त अवस्थामा शरीर शिथिल नै भएपनि दिमाग उही गतिमा सक्रिय रहेको हुनाले हाम्रो शरीर केही समयसम्म ब्यालेन्समा आउन सक्दैन र हामीले के गरेको कहाँ छौं समेत पत्तो हुने गर्दैन ।

प्रतिक्रिया

Loading...