birat ribon

मेस्सीको पक्षमा बोले लिजेन्ड खेलाडी, भने–‘कोपा बहिस्कार गर्नुपर्छ’

Neuro
मेस्सीको पक्षमा बोले लिजेन्ड खेलाडी, भने–‘कोपा बहिस्कार गर्नुपर्छ’

एजेन्सी,
पेरुका पूर्वगोलकिपर तथा लिजेन्ड खेलाडी जोसे लुइस चिलाभर्टले अर्जेन्टिनी कप्तान लियोनल मेस्सीको अभिव्यक्तिप्रति सहमति जनाएका छन् । मुन्डो डिपोर्टिभोका अनुसार ५३ वर्षीय चिलचभर्टले केही दिनअघि मेस्सीले दिएको विवादास्पद अभिव्यक्तिप्रति सहमति जनाएका हुन् ।

cura insider

legend

ब्राजिलमा भएको कोपा अमेरिकाको तेस्रो स्थानका लागि भएको खेलमा रातो कार्ड खाँदै मैदान बाहिरिएपछि मेस्सीले कोपा अमेरिकालाई भ्रष्ट भएको आरोप लगाएका थिए । चिलीविरुद्ध २–१ गोलको जित निकालेपनि सो खेलको ३७औं मिनेटमा चिलीका कप्तान ग्यारी मेडेल र मेस्सी दुवैले रातो कार्ड खाएका थिए ।

करिअरकै दोस्रो रातो कार्ड खाएर मैदान बाहिरिएपछि उनले दक्षिण अमेरिकी फुटबल महासंघ भ्रष्ट भएको भन्दै कडा अभिव्यक्ति दिएका थिए । यस्तै उनले ब्राजिलले कोपा अमेरिका जित्न सेटिङ मिलाएको भन्दै आयोजकका साथै रेफ्रीहरूले पनि पक्षपाति निर्णय लिएको आरोप लगाएका थिए ।

उनले अर्जेन्टिनाले हात पारेको तेस्रो स्थानको मेडल लिन पनि अस्वीकार गरेका थिए । मेस्सीले दिएको विवादास्पद अभिव्यक्तिमाथि अहिले विभिन्न टीका–टिप्पणी भइरहेका छन् । धेरैले उनको अभिव्यक्तिको आलोचना गरिरहेका छन् ।

तर, पेरुका पूर्व गोलकिपर तथा लिजेन्ड खेलाडी चिलभर्ट भने उनको पक्षमा बोलेका छन्, ‘म मेस्सीको सहमतिमा छु । कोपाले ब्राजिललाई विजेता बनाउने तयारी नै गरेको हो । दक्षिण अमेरिकी फुटबल महासंघले फुटबललाई मारिरहेको छ ।’

यस्तै गरी चिलभर्टले कोपालाई बहिस्कार गर्नुपर्ने बताएका छन् । उनले भनेका छन्, ‘कोपा भ्रष्ट छ, यसै कारण त तिनीहरूले मेस्सीलाई स्वीकार्दैनन् । यदि, हामी प्रजातान्त्रिक संसारमा छौं भने हामी सबै खेलाडी एकजुट हुनुपर्छ र कोपा बहिस्कार गर्नुपर्छ ।’

‘भीएआर दक्षिण अमेरिकन फुटबलमा भ्रष्टचारलाई वैध बनाउनका लागि ल्याइएको हो,’ उनले थपे, ‘सबैले एकदिन यो कुरा थाहा पाउनेछन् र मलाई चिलभर्ट सही थियो भन्नेछन् ।’

jackson ribon