birat ribon

नाकामा तरकारीको विषादी जाँच गर्न नेबिसंघको माग

Neuro
नाकामा तरकारीको विषादी जाँच गर्न नेबिसंघको माग

काठमाडौं । नेपाल विद्यार्थी संघले भारत तथा तेस्रो देशबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी नाकामै जाँच गर्न माग गरेको छ । भारतबाट आयात गरिने तरकारी तथा फलफूलमा विषादी जाँच गर्न नपर्ने भन्ने सरकारको निर्णयको विरोध गर्दै नेबिसंघले त्रिचन्द्र क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको हो ।

नेविसघंका दीपक भट्टराईले विदेशीलाई खुशी बनाउनकालागि नेपाली जनताको स्वास्थ्यमा खेलबाड गर्न नपाइने बताए । विषादी तरकारी र फलफूल जाँच नगरी ल्याएर सरकारले जनताको आयु घटाउन खोजेको उनको आरोप छ ।

cura insider

विद्यार्थी नेताहरुले भारतबाट निर्यात हुने तरकारी तथा फलफूलमा विषादी हालेको पाइए पनि सरकारले बिनाजाँच आयात गर्न दिएर जनस्वास्थ्यमाथि खेलबाड गरेकाले बताउँदै तत्काल नाकामा विषादी परीक्षण गरेर मात्र तरकारी भित्र्याउने बातावरण बनाउन माग गरे । रासस

jackson ribon