birat ribon

सगरमाथा आरोहण प्रतिबन्धको हल्ला, पर्यटन विभागले भन्याे -हल्ला निराधार

Neuro
सगरमाथा आरोहण प्रतिबन्धको हल्ला, पर्यटन विभागले भन्याे -हल्ला निराधार

काठमाडौं । सगरमाथा आरोहणमा प्रतिबन्ध लागेको हल्ला फैलिएपछि पर्यटन विभागले खण्डन गरेको छ । विभागले सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि प्रतिबन्ध लगाउने भन्ने हल्ला निराधार भएको स्पष्ट पारेको हो ।

cura insider

विज्ञप्ति जारी गर्दै विभागले सगरमाथालगायत ४१४ हिमालमध्ये कुनै पनि हिमाल आगामी वर्षमा आरोहणका लागि प्रतिबन्ध लगाउने वा केही समयका लागि रोक्ने विषयमा विभागमा कुनै छलफल नभएको जनाएको छ ।

आगामी केही वर्ष सगरमाथा आरोहण गर्न रोक्ने वा प्रतिबन्ध लगाउने सम्बन्धमा विभिन्न सञ्चार माध्यममा समाचार सम्प्रेषण भएकाप्रति विभागले गम्भीर ध्यानाकर्षण भएको बताएको छ । उक्त विषय वस्तुगत नभएको हुँदा यस्ता अवास्तविक हल्लाका पछि नलाग्न सरोकारवाला सबैमा अनुरोध पनि गरेको छ ।

विभागका महानिर्देशक डण्डुराज घिमिरेले सरकारले आरोहणका लागि खुल्ला गरेका सगरमाथालगायत हिमाललाई जोडेर पछिल्लो समय गलत प्रचार भइरहेको भन्दै त्यस्ता हल्ला नगर्न आग्रह गरे ।

सन् २०१९ को वसन्तकालीन मौसम सम्पन्न भइसकेको र यस वर्षका अन्य मौसमका पर्वतारोहणसम्बन्धी कार्यहरु के कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा विभाग गहन ढङ्गले अघि बढेको जनाएको छ । रासस

jackson ribon