fbpx

टन्न खाना खाँदा पनि बारम्बार भोक लाग्छ ? यो पढ्नुहोस्

समयमा टन्न टन्न खानेकुरा खाने गर्दा पनि केही कोहि मानिसलाई छिन छिनमा भोक लागि रहने हुन्छ । छिन छिनमा लागेको भोकलाई शान्त पार्नका लागि हामीले हलुका खाने कुरा खाने गर्दा, खाएको आधी घन्टा नबित्दै हामीलाई फेरि भोक लाग्न थाल्छ । भोक लगेर समयमा खानु हाम्रो स्वास्थ्यको लागि राम्रो मानिन्छ । तर, आवश्यकता भन्दा बढी भोक लाग्नुलाई राम्रो मानिदैन साथै शरीरमा कुनै रोग भएको कारण पनि हुन सक्छ ।

मान्छेलाई अल्छि लागेको समयमा पनि बेला बेला भोक लाग्ने गर्छ । केहि गर्ने काम नभएमा, दिमागले अन्य कुराहरु सोच्न थाल्छ र हामीलाई अनावश्यक रुपमा भोक लाग्ने गर्छ । साथै, हाम्रो पाचन प्रक्रियामा गडबडी, अस्वस्थ्य खानपान तथा अव्यवस्थित जीवनशैलीका कारण पनि हामीलाई बेसमयमा भोक लाग्ने गर्छ । मधुमेहको समस्याका कारण, शरीरमा पानी कम भएको कारण, कम पानी पिउने कारण, तनावका कारण, पेटमा कीरा परेका कारण तथा महिलाहरूलाई गर्भावस्थामा बारम्बार भोक लाग्ने गर्छ ।

हामीले यस्ता कारणहरूलाई चिन्नुको सट्टा हामी नचाहिने कुरा खाने गर्दा झन् हाम्रो पाचनतन्त्र कमजोर हुन जान्छ । अधुरो निन्द्राका कारणले पनि हामीलाई भोक लाग्ने गर्छ । प्रत्येक व्यक्तिले कम्तीमा पनि सात देखि आठ घन्टा सम्म निन्द्रा पुग्ने गरि सुत्नुपर्छ । निन्द्रा पुग्दा शरीरमा उर्जा आउनुका साथै पेट पनि ठीक रहन्छ र हामीलाई बारम्बार भोक लाग्ने हुदैन ।

बिहान नाश्ता गर्ने बानी छैन भने पनि हामीलाई छिट्टै भोक लाग्ने गर्छ । बिहान समयमा खान नाखादा शरीरमा विभिन्न किसिमका समस्या देखा पर्नुका साथै जतिखेर पनि भोक लागे जस्तो हुन थाल्छ । हामीले नाश्तामा हेवी प्रोटीन, फाइवर तथा क्यालोरी युक्त खानेकुरा संलग्न गरेर ठिक्क मात्रामा खादा हामीलाई बारम्बार भोक लाग्ने समस्याले सताउने गर्दैन ।

शरीरलाई काम गर्नका लागि सम्पूर्ण आहार जरूरी हुन्छ । त्यसैले, भोजनमा प्रोटीन, फाइबर र क्यालोरीको मात्रामा ठिक्क हुनुपर्छ । खानामा यसको कमी भएमा हाम्रो पेटभर्दैन र जतिखेर पनि हामीलाई भोक लागे जस्तो महसुस हुन्छ । प्रोटीन र फाइबरयुक्त खानेकुरा खाँदा पेट टन्न भरेको जस्तो हुन्छ । कम क्यालोरी युक्त भोजनले छिट्टो भोक लगाउने गर्छ र जतिखेर पनि खाना नखाएको जस्तो अनुभव हुन थाल्छ ।

कोहि कोहि मानिस हतारमा नचपाइकन छिटो छिटो खाना खाने गर्छन । यसरी खाँदा खानेकुरा पच्दैन र हामीलाई पेटसम्बन्धी समस्याहरु निम्तिन सक्छ । त्यसैले हामीले खानेकुरा बिस्तारै चपाएर खाने गर्नु पर्छ । हामीले खाएको खाना जति राम्ररी पच्छ, हामीलाई त्यति कम भोक लाग्ने गर्छ । साथै, हामीले धेरै बाहिरको खानेकुरा तथा जंक फुडहरुको सेवन गर्नु हुदैन ।

Loading...