fbpx

प्रधानमन्त्री ओलीलाई राष्ट्रिय परिचयपत्र हस्तान्त्रण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बायोम्याट्रिक’ सूचनासहितको राष्ट्रिय परिचयपत्र  हस्तान्त्रण गरिएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा कार्यक्रम आयोजना गरी राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले ओलीलाई परिचय पत्र हस्तान्त्रण गरेकाे हाे  ।

गृहमन्त्रालय मातहतको विभागका महानिर्देशक दीपक काफ्लेले ओलीलाई राष्ट्रिय परिचय पत्र हस्तान्त्रण गरेका थिए । साेही क्रममा प्रधानमन्त्री ओलीकी पत्नी राधिका शाक्यलाई पनि परिचयपत्र हस्तान्तरण गरिएको थियो ।

नेपाल सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार राष्ट्रका विशिष्ट व्यक्ति, सिंहदरबारस्थित कर्मचारी र पाँचथर जिल्लाका ८० प्रतिशतलाई यो परिचयपत्र दिने कार्यक्रम अनुसार वितरण गरिएको हो ।

दुई वर्षभित्र मुलुकका सबै नागरिकलाई यो परिचयपत्र वितरण गरिसक्ने योजना बनाएको विभागले सोमबार उपराष्ट्रपति नन्दबहादुर पुनलाई राष्ट्रिय परिचयपत्र प्रदान गरेको थियो । रासस

Loading...