birat ribon

‘इन्शाअल्लाह’ मा सलमान ४० वर्षको व्यापारी, आलिया भने २० वर्षकी युवती

Neuro
‘इन्शाअल्लाह’ मा सलमान ४० वर्षको व्यापारी, आलिया भने २० वर्षकी युवती

विराटनगर,
पहिलोपटक बलिउडका चर्चित अभिनेता सलमान खान र अभिनेत्री आलिया भट्ट ‘इन्शाअल्लाह’मा स्क्रिन सेयर गर्न लागेका हुन् । यस चलचित्रमा उनीहरु एक अर्काको जोडी भएर देखिदै छन् ।फिल्म संजयलिला भन्सालीको निर्माण तथा निर्देशनमा तयार हुन लागेको हो । ‘खामोशी-द म्युजिकल’ र ‘हम दिल दे चुके सनम’मा साथ काम गरिसकेका सालमान र भन्सालीले लामो समय पछि एकसाथ काम गर्न लागेका हुन् ।

भन्सालीसँग आलियाको भने यो पहिलो फिल्म हुने भएको छ । सलमान र आलियाबीच उमेरको निकै अन्तर रहेको छ । उनीहरु बीचको उमेर अन्तर नमिल्ने र उनीहरुको जोडी नसुहाउने भनेर धेरैले प्रक्रिया समेत जनाएका थिए । तर, निर्माण टिमले चलचित्रको कथाबस्तु उमेर अनुसारको भएको कारण सलमान र आलियालाई चलचित्रमा लिएको बताउदै आएको छ ।

cura insider

चलचित्रमामा सलमान खान ४० कटिसकेका फ्लोरिडाका व्यापारीको भूमिकामा छन् र आलिया भने भर्खर २० वर्षीया गंगा किनारमा रहेको शहरमा बसोबास गर्ने सुन्दर युवतीको भूमिकामा देखिने भएका छन् । भन्सालीले आफ्ना फिल्महरुमा अभिनेत्रीहरुलाई निकै राम्रो र भिन्न तरिकाले प्रस्तुत गर्ने गरेको भएकाले आलियालाई पनि यस फिल्ममा निकै आकर्षक देख्न सकिने अनुमान लगाइएको छ । सलमान संग आफ्नो जोडी नमिल्ने हल्लाका कारण आलियाले आफ्नो तौल बढाउन सुरु गरेकी छिन् ।

अहिले भन्साली फ्लोरिडा र हरिद्वार, वाराणसी र ऋषिकेशमा राम्रो लोकेशनको खोजीमा रहेका छन् । ‘इन्शाअल्लाह’ को छायाँकन यहि अगष्ट महिनाको अन्तिमबाट सुरु हुने भएको छ । सलमान अहिले ‘दंबग ३’को छायांकनमा व्यस्त रहेका छन् । यस फिल्मको छायांकन सके पछि मात्र सलमान ’इन्शाअल्लाह’ मा समय दिने भएका छन् । फिल्म २०२० को इदमा प्रदर्शनमा आउने पक्का भएको छ ।

jackson ribon