fbpx

‘म यस्तो गीत गाउँछु २’मा फेरि पल र पूजाको जोडी, गरियो शुभ मुहूर्त

काठमाडौं,
गएको दुई वर्षअअगाडि ‘म यस्तो गीत गाउँछु’ हिट भएपछि घोषणा गरिएको यसको सिक्वेल ‘म यस्तो गीत गाउँछु २’मा फेरी एकपटक अभिनेत्री पूजा शर्मा र अभिनेता पल शाहको जोडी अनुबन्धित भएको छ ।

cast

मंगलबार बिहान मनकामना मन्दिरमा फिल्मको शुभ मुहूर्त समेत गरिएको छ । फिल्मको मुहूर्त समारोहमा निर्देशक सुदर्शन थापा, पूजा र पलको उपस्थिति रहेको थियो ।दशैंपछि छायांकन सुरु हुने यस फिल्मलाई फागुन २३ गते प्रदर्शन गर्ने सोचका साथ उक्त मिति घोषणा गरिएको छ ।

‘म यस्तो गीत गाउँछु’मा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको मुख्य भूमिका रहेको थियो । यी दुईको जोडीलाई पनि दर्शकले खुब मनपराएका थिए । फिल्म निकै हिट भएको र दर्शकहरुले धेरै नै मनपराएको कारण यस फिल्मको सिक्वल बन्न लागेको र उक्त सिक्वलमा पल र पूजा नै रहने भएको फिल्मका निर्देशक सुदर्शन थापाले बताएका छन् ।

सुदर्शन र पलको सम्बन्ध विग्रिएको कारणले ‘म यस्तो गीत गाउँछु २’ सुदर्शनले अभिनेता अनमोल केसीलाई यो फिल्म अफर गरेको खबर बाहिरिए पनि यस खवरलाई उनले अस्विकार गरेका छन् । फिल्मको गीतमा संगीत भर्ने जिम्मा अर्जुन पोखरेललाई दिइएको छ । नयाँ फिल्म ‘सम्हालिन्छ कहिले मन’को काममा व्यस्त रहेका निर्देशक थापा अहिले यस फिल्मको कथा, पटकथामा काम गरिरहेका छन् । यस्तै, संगीतकार अर्जुन पोखरेलले यस फिल्मको गीत संगीतमा काममा ब्यस्त छन् ।

दुई वर्ष अगाडी गरिएको घोषणामा फिल्ममा पूजा, पल र सलोन बस्नेतको मुख्य भूमिका रहने बताइएको थियो । तर, सुभ मुहुर्त कार्यक्रममा सलोनको उपस्थिथि देखिएन । यस चलचित्रलाई सुदर्शन थापा प्रोडक्शनको ब्यानरमा नै निर्माण गरिने भएको छ । ‘म यस्तो गीत गाउँछु’को भन्दा धेरै फरक हुने यस फिल्ममा पल र पूजाका बाहेक अरु कलाकारहरुको नाम खुलाइएको छैन ।

प्रतिक्रिया

Loading...