birat ribon

पूर्वटिममेटले गरे मेस्सीको आलोचना, भने– ‘मेस्सी गलत छन्’

Neuro
पूर्वटिममेटले गरे मेस्सीको आलोचना, भने– ‘मेस्सी गलत छन्’

एजेन्सी,
ब्राजिलका कप्तान तथा बार्सिलोनाका पूर्वखेलाडी ड्यानी अल्भेसले अर्जेन्टिनी कप्तान लियोनल मेस्सीको आलोचना गरेका छन् । एक टेलिभिजनमा अन्तर्वाता दिनेक्रममा उनले मेस्सी अनादर देखिएको भन्दै आलोचना गरेका हुन् ।

kheladi

cura insider

ब्राजिलमा सम्पन्न कोपा अमेरिकाको तेस्रो स्थानका लागि भएको खेलमा रातो कार्ड खाँदै मैदान बाहिरिएपछि मेस्सीले कोपा अमेरिकालाई भ्रष्ट भएको आरोप लगाएका थिए । चिलीविरुद्ध २–१ गोलको जित निकालेको उक्त खेलको ३७औं मिनेटमा चिलीका कप्तान ग्यारी मेडेल र मेस्सी दुवैले रातो कार्ड खाएका थिए ।

करिअरकै दोस्रो रातो कार्ड खाएर मैदान बाहिरिएका उनले खेलपछि पत्रकारसँग कुरा गर्दै दक्षिण अमेरिकी फुटबल महासंघमाथि आक्रोश पोखेका थिए । उनले ब्राजिलले कोपा अमेरिका जित्न सेटिङ मिलाएको र दक्षिण अमेरिकी फुटबल महासंघ भ्रष्ट संस्था भएको अभिव्यक्ति दिएका थिए ।

आयोजकका साथै रेफ्रीहरूले पनि पक्षपाति निर्णय लिएको आरोप लगाउँदै उनले अर्जेन्टनाले हात पारेको तेस्रो स्थानको उपाधि लिन पनि अस्वीकार गरेका थिए । उनै मेस्सीको अभिव्यक्तिमाथि अहिले विभिन्न टीका–टिप्पणी भइरहेका छन् । यस्तैमा अल्भेसले पनि मेस्सीबारे बोलेका छन् ।

मेस्सी आफ्नो मिल्ने साथी भएको उल्लेख गर्दै अल्भेसले यस विषयमा मेस्सी गलत भएको बताए । ‘एउटा साथी सधैँ राम्रो हुँदैन, किनकी ऊ एक साथी हो,’ अल्भेसले भने,‘उक्त क्षणमा मेस्सी रिसाएका थिए होलान्, तर अहिलेसम्म पनि यसो गर्नु गलत हो ।’

मेस्सीले एउटा फुटबल संस्थाको मात्र नभएर फुटबल क्षेत्रमा आवद्ध भएका सबैलाई अपमानजनक व्यवहार गरेको अल्भेसको भनाइ छ । उनले भनेका छन्, ‘सबैभन्दा पहिले, उनी कोपा जस्तो संस्थाको अनादर गरिरहेका छन् । दोस्रोतर्फ, उनले हामीजस्ता फुटबलसँग जोडिएका सबैसँग अपमानजनक व्यवहार गरिरहेका छन् । मेस्सी यो विषयमा गलत छन् ।’

अल्भेसले थपे, ‘मेरो विचारमा उनले जे भनिरहेका छन्, सबै गलत भनिरहेका छन् । म उनको एउटा साथी हुँ, यस्तो हुँदा एउटा साथीले सधैँ सत्य बोल्छ । कोपा अमेरिका भ्रष्ट छैन र म विषयमा मेस्सीसँग समहमत छैन् ।’

jackson ribon