fbpx

हाँस्य कलाकार शिवहरीले ‘लक्का जवान’ निर्देशन गर्ने

काठमाडौं,
नेपाली टेली सिरियलका हाँस्य कलाकार शिवहरी पौडेलले पनि अब फिल्म निर्माण र निर्देशन गर्ने तयारीमा रहेका छन् । ‘लक्का जवान’ नाम सोचिएको फिल्मबाट शिवले चलचित्र जस्तो ठूलो पर्दामा निर्देशन गर्न लागेका हुन् ।

cast

कलाकार किरण केसीको जन्मदिनको अवसर पारेर राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म ‘लक्का जवान’को निर्माण घोषणा गरिएको छ । ध्रुव पन्त र अनुसुया श्रेष्ठ पन्तको लगानीमा निर्माण हुन लागेको यस फिल्ममा सह निर्माताको रुपमा किरण र अभिनेता दीलिप रायमाझी रहने भएका छन् ।

फिल्म ‘लक्का जवान’को निर्माण घोषणा भए देखि नै उक्त फिल्ममा अभिनेता दीलिप रायमाझीको छोरी दिव्या रायमाझीले मुख्य भूमिका निर्वाह गर्दै नेपाली सिने क्षेत्रमा अभिनेत्रीको रुपमा डेब्यु गर्ने चर्चा चलेको छ । फिल्मको कलाकार र प्राबिधिक पक्षको लागि अहिले कलाकारहरुको छनौट भइरहेको निर्देशक शिवहरीले बताएका छन् ।यो उनको डेब्यु निर्देशन फिल्म हुने छ ।

आमा बंगालमुखी फिल्म प्रोडक्सन प्रा.लिको ब्यानरमा रहेर निर्माण हुन लागेको यस फिल्ममा पारिवारिक तथा कमेडी कथामा आधारित रहेर निर्माण गरिन लागेको निर्देशक शिवहरीले जानकारी दिएका छन् ।

अहिले हास्य फिल्म धेरै बनिरहेका कारण बनावटी नभएर कथाको मागअनुसार मात्र रियालिटी बेसमा कमेडी फिल्म बनाउने जानकारी दिदै फिल्मको छायाँकन पनि छिट्टै गर्ने आफ्नो कोसिस रहेको थपे । अभिनेता दीलिपकी छोरी अहिले अमेरिकामा छिन् र उनलाई यस फिल्म मार्फत डेब्यु गराउने छलफल भइरहेको छ ।

प्रतिक्रिया

Loading...