birat ribon

विश्वकप क्रिकेट : फाइनल प्रवेशका लागि भारत र न्यूजिल्याण्ड प्रतिस्पर्धामा

Neuro
विश्वकप क्रिकेट : फाइनल प्रवेशका लागि भारत र न्यूजिल्याण्ड प्रतिस्पर्धामा

विराटनगर,
इंग्ल्याण्ड र वेल्समा जारी १२औं संस्करणको आईसीसी एकदिवसीय क्रिकेटअन्तर्गत आज पहिलो सेमिफाइलको खेल हुँदैछ । नेपाली समयअनुसार अहिले दिउँसो ३ः१४ बजेबाट सुरु हुने उक्त खेलमा उपाधि दाबेदार मानिएका दुई टोली भारत र न्यस्जिल्याण्डले प्रतिस्पर्धा गर्दैछन् ।

cric

cura insider

इंग्ल्याण्डको ओल्ड ट्राफोल्डमा हुने उक्त खेलमा दुवै टोली जित निकाल्दै फाइनलमा स्थान बनाउने दाउमा छन् । अंक तालिकामा शीर्ष स्थानमा रहेको भारत र चौथो स्थानमा रहेको न्यूजिल्याण्डबीचको विजेता टोली उपाधि नजिक पुग्नेछ ।

भारतले जारी विश्वकपमा एक खेल मात्र हारेको छ । उसले ७ खेलमा जित निकालेको छ भने एक खेल नतिजाबिहीन भएको थियो । यस्तै न्यूजिल्याण्डले ५ खेलमा जित निकालेको छ भने तीन खेलमा हारेको छ । उसको एक खेल भने रद्ध भएको थियो ।

विश्वकपअघिको अभ्यास खेलमा भने न्यूजिल्याण्डले भारतलाई पराजित गरेको थियो । भारत र न्यूजिल्याण्डबीचको खेलको विजेता टोलीले अष्ट्रेलिया र इंग्ल्याण्डबीचको विजेता टोलीसँग फाइनल खेल खेल्नेछ ।

jackson ribon