birat ribon

यस कारण पर्छ टाउकोमा जुम्रा, जुम्रा हटाउने केही उपायहरू यस्ता छन्

Neuro
यस कारण पर्छ टाउकोमा जुम्रा, जुम्रा हटाउने केही उपायहरू यस्ता छन्

धेरैजसो लामो र बाक्लो कपाल भएको महिलाहरुको टाउकोमा वा जिउमा समेत जुम्रा पर्ने गर्दछ । छोटो कपाल भएको कारणले गर्दा पुरुषहरुमा तेस्तो खासै जुम्रा पर्ने देखिदैन । तर, फोहोर वातावरण, अव्यवस्थित जिवानसैली, वा कसैको टाउकोबाट सरेको खण्डमा जुम्रा सबैलाई पर्न सक्छ । अहिले बजारमा पाइने विभिन्न केमिकल भएको श्याम्पू, तेल र कन्डिसनरका कारण सहरका मानिसहरुलाई खासै जुम्रा परेको देखिदैन ।

hair

cura insider

अझै पनि नेपालको धेरै जसो ग्रामिण क्षेत्रमा धेरै व्यक्तिहरु कुनै न कुनै समयमा जुम्राबाट पिडीत भएको देख्न सकिन्छ । हामीलाई प्राय बच्चा बेलामा जुम्राले सताएको देख्ने गर्दछौँ । तर, सजिलै एकबाट अरूमा सर्ने भएको कारणले बच्चाहरुबाट सरेर ठुला मानिसहरुलाई समेत जुम्रा पर्न सक्छ । जुम्रालाई बाँच्नको लागि मानव शरीरको रगत चाहिने हुन्छ । जुन तिनीहरुले मानिसको टाउकोबाट चुसेर पाउँने गर्छन् । मानव शरीरबाट जुम्रा बाहिर निस्केमा जुम्रा ४८ घण्टा भित्र मर्ने गर्छ ।

पोथी जुम्राले हरेक दिन १० वटा लिखा पार्ने गर्छे भने उक्त लिखाबाट ८ देखि ९ दिन सम्ममा जुम्रा निस्कन थाल्छ । जुम्रा पर्दा हाम्रो टाउको निकै चिलाउने गर्छ । जुम्रामा पखेटा नहुने कारणले उनीहरु छिटो हिड्न, घस्रिन र रगत चुस्नका लागि निकालेको र्याल ले गर्दा हाम्रो टाउको चिलाउने गर्दछ । टाउकोमा पर्ने जुम्राले कुनै रोग लगाउदैनन् । तर, लामो कपालको तल तल आएको लिखाले हाम्रो छालामा संक्रमण गरेर असर पुर्याउने गर्छ ।

जुम्राले टोकेर धेरै चिलाएको ठाउँमा पनि कपाल गाँठो पर्ने, घाउ हुने, गनाउने जस्ता छालामा संक्रमण हुन सक्छ । आजकल मानिसको कपालमा परेको जुम्राबाट छुटकारा पाउने औषधिहरु सजिलै बजारमा पाइने गर्छन् । उक्तऔषधिलाई कपालमा सुक्खा भएको बेलामा लगाउँदा धेरै फाइदा गर्छ । कपालमा औषधि लगाएपछि आधा घन्टा सुकाएर नुहाउदा जुम्रा नष्ट हुने गर्छ ।

एक प्रकारको गमले टासिने भएको कारणले औषधिको प्रयोग भए पनि लिखा नुहाएर जाँदैन । बाँसको काँइयो वा हातकै माध्यमले लिखा फाल्नुपर्ने हुन्छ । परिवारमा एकजनालाई जुम्रा परेको छ भने अन्यलाई पनि सर्न सक्ने भएकोले एकै दिन सम्पूर्ण परिवारले उपचार गर्दा राम्रो हुन्छ । मानिसको शरीरमा पर्ने जुम्रा भने फोहोर भएको वा लामो समयसम्म एउटै कपडा प्रयोग गर्दा पर्न सक्छ । लुगा भन्दा बाहिर जुम्रा नबस्ने भएका कारण संक्रमितले आफूले नियमित रुपमा नुहाएर सफा लुगा लगाउने गर्नु पर्छ ।

jackson ribon