fbpx

‘बुलबुल’का ‘चोपेन्द्र’ले केकीसँग जोडी बाँध्ने

काठमाडौं,
साहित्यकार भीमनीधि तिवारीको कथामा आधारित रहेर ज्ञानेन्द्र देउजाको निर्देशनमा फिल्म ’झिङ्गेदाउ’ को निर्माण हुने भएको छ । फिल्मका मुख्य पात्रमा ‘बुलबुल’ चलचित्रमा चोपेन्द्रको भूमिकाबाट चर्चामा आएका अभिनेता मुकुन भुषाल अगाडी नै फाइनल भएका थिए भने उनि संग अब फिल्ममा उनको अपोजितमा अभिनेत्री केकी अधिकारी अनुबन्धित भएकी छिन् ।

cast

कथामा सुहाउने, राम्रो अभिनय गर्न आउने कलाकार चाहिएको हुदा मुकुनले र केकीले उक्त क्यारेक्टरलाई न्याय गर्न सक्ने भएकाले यी दुईलाई यस फिल्ममा अनुबन्धित गरिएको निर्देशकले बताएका छन् । भदौबाट छायांकन सुरु गर्ने तय गरेको यस फिल्मका लागि आरु कलाकारहरु छनोट भइरहेको र छिट्टै एउटा पत्रकार सम्मेलन आयोजना गरेर यस खबर बारे जानकारी सार्वजनिक गर्ने निर्देशक देउजाले बताएका छन् ।

फिल्मको छायांकन सिन्धुली, खोटाङ, दोलखा र काठमाडौंमा हुने भएको छ । यस फिल्मलाई निर्देशक स्वयमले निर्माण गर्ने भएका छन् । विष्णु कल्पितको छायांकनमा तयार हुने यस फिल्मको कला निर्देशक पासाङ टी शेर्पा रहेका छन् भने फिल्ममा अर्जुन पोखरेलले संगीत भरेका छन् । फिल्ममा पटकथा एवं संवाद प्रदीप भारद्धाजको रहने भएको छ । निर्माता कम्पनी कपन गढीले फिल्मको टाइटल लोगो रिलिज गरिसकेका छन् ।

प्रतिक्रिया

20 − 9 =

Loading...