birat ribon

जेससले भने-‘फाइनलमा गल्ती गरेँ’

Neuro
जेससले भने-‘फाइनलमा गल्ती गरेँ’

एजेन्सी,

cura insider

ब्राजिलका चर्चित खेलाडी ग्याब्रीएल जेससले कोपा अमेरिका फुटबल २०१९ को फाइनलमा गरेको व्यवहारप्रति माफी मागेका छन् । ब्राजिलमा सम्पन्न कोपा अमेरिका फुटबलको फाइनल खेलमा रातो कार्ड पाएर बाहिरिएका जेससले रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाउँदै अभद्र व्यवहार प्रस्तुत गरेका थिए ।

फाइनल खेलमा पेरुलाई ३–१ को  गाेल अन्तरले पराजित गर्दै ब्राजिलले १२ वर्षपछि कोपा अमेरिकाको उपाधि उचालेको थियो । ब्राजिलकाे जितमा पहिलो हाफमा १ गोल र १ असिस्ट गाेल गरेका जेसस दोस्रो हाफमा दोहोरो पहेंलो कार्ड पाएपछि मैदान बाहिरिएका थिए ।

खेलकाे ७० औं मिनेटमा उनले दाेहाेर पहेलाे कार्ड खाँदै मैदानबाट बाहिरिने क्रममा उनले बोत्तललाई लात्ताले हान्दै भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को बुथलाई धकेलेका थिए । तर, त्यसको तीब्र आलोचना भएपछि उनले माफी मागेका हुन् ।

‘रिसको झोँकमा मैले गल्ती गरें,’ उनले भने, ‘मेरो व्यवहारको लागि माफी माग्न चाहन्छु ।’ उनले आक्रोशमा गल्ती हुन पुगेको बताउँदै रेफ्रीले पनि गलत निर्णय गरेको गुनासाे गरे ।

jackson ribon